६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदुर नगरपालिकाको बजेट ८५ करोड ३८ लाख

१० असार २०७६, मंगलवार १६:०८

असार १०, विदुर (रासस) | नुवाकोटको विदुर नगरपालिकाले पाँचौं नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु गरेको छ । नगरपालिकाका उप–प्रमुख गीताकुमारी दाहालले सो बजेट प्रस्तुत गर्नुभएको हो । 

विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले नगरका हरेक समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताउनुभयो । बजेटमा विकास निर्माण, योजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकूद, बालबालिका, महिला, पर्यटन, संस्कृतिलगायत विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । यस्तै बजेटमा दलित, उत्पीडित, आदिवासी, जनजाति, महिलालाई विकासको मूलप्रवाहमा ल्याउन जोड दिने कार्यक्रम समावेश गरिएको उहाँले बताउनुभयो । “नगरवासीको स्वास्थ्य सेवालाई ख्याल गर्दै नगर एम्बुलेन्स सेवा शुरुआत गर्ने योजना छ”, पण्डितले भन्नुभयो । 

वार्षिक योजना कार्यक्रम तथा बजेटमा नगरपालिकाको आयतर्फ आन्तरिक स्रोत, सङ्घीय राजश्व बाँडफाँट, सङ्घीय वित्तीय समानीकरण अनुदान, सङ्घीय सशर्त अनुदान, सङ्घीय अनुदान, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानलगायतबाट आम्दानी गरिने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या