२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदुर नगरपालिकाको बजेट ८५ करोड ३८ लाख

२०७६, १० असार मंगलवार १६:०८

असार १०, विदुर (रासस) | नुवाकोटको विदुर नगरपालिकाले पाँचौं नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु गरेको छ । नगरपालिकाका उप–प्रमुख गीताकुमारी दाहालले सो बजेट प्रस्तुत गर्नुभएको हो । 

विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले नगरका हरेक समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताउनुभयो । बजेटमा विकास निर्माण, योजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकूद, बालबालिका, महिला, पर्यटन, संस्कृतिलगायत विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । यस्तै बजेटमा दलित, उत्पीडित, आदिवासी, जनजाति, महिलालाई विकासको मूलप्रवाहमा ल्याउन जोड दिने कार्यक्रम समावेश गरिएको उहाँले बताउनुभयो । “नगरवासीको स्वास्थ्य सेवालाई ख्याल गर्दै नगर एम्बुलेन्स सेवा शुरुआत गर्ने योजना छ”, पण्डितले भन्नुभयो । 

वार्षिक योजना कार्यक्रम तथा बजेटमा नगरपालिकाको आयतर्फ आन्तरिक स्रोत, सङ्घीय राजश्व बाँडफाँट, सङ्घीय वित्तीय समानीकरण अनुदान, सङ्घीय सशर्त अनुदान, सङ्घीय अनुदान, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानलगायतबाट आम्दानी गरिने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी