२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुर महानगरको बजेट रु पाँच अर्ब १७ करोड

२०७६, १० असार मंगलवार १६:१०

सार १०, ललितपुर (रासस) | ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । महानगरपालिको चौथो नगरसभामा आज उहाँले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गर्नुभएको हो । 

महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो । चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम रु एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ । महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ रु एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ । त्यस्तै, सामाजिक सुरक्षातर्फ रु ४६ करोड बजेट रहेको छ ।

कार्यक्षेत्रगत विकास कार्यक्रमतर्फ रु दुई अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । सोमध्ये, आर्थिक विकासमा रु सात करोड ५३ लाख ४५ हजार र सामाजिक विकास रु १६ करोड ८४ लाख ४५ हजार बजेट रहेको छ । कार्यगत क्षेत्र विकासअन्तर्गत नै पूर्वाधार विकास रु दुई अर्ब ७३ लाख ६३ हजार, वातावरण तथा विपद् व्यवस्थापन रु १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन रु २२ करोड ५ लाख, पूँजी निर्माण रु छ करोड १० लाख र  विविध शीर्षकमा रु ६६ करोड विनियोजन गरेको छ ।  

आगामी आवमा सामाजिक साझेदारी कार्यक्रमतर्फ रु एक अर्ब २७ करोड ५२ लाख चार हजार बजेट रहेको छ । यस आवको आयतर्फको आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ६५ करोड ६१ लाख आठ हजार र आन्तरिक आयमा रु एक अर्ब ६५ करोड पाँच लाख विनियोजन गर्नुका साथै यस आवको बचत रकम रु ६० करोड रहेको छ । 

महानरपालिकाको आगामी वर्षको बजेटमा नै व्ययतर्फ बजेट शीर्षकमा आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ७५ करोड ३० लाख, पूर्वाधार विकासमा रु एक अर्ब ४९ करोड ९५ लाख रहनुका साथै क्रमागत योजनामा रु ५० करोड ५८ लाख आठ  हजार बजेट छ । महानगरले सन् २०३० सम्म गरीबी उन्मूलन गर्ने उद्देश्य बोकेको प्रमुख महर्जनले बताउनुभयो । 

महानगरले रोजगारीमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ । त्यस्तै, अपाङ्गमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच, विषादीरहित करेसाबारी र कौसीखेती प्रवद्र्धन तथा कृषिमा आधुनिकरण र एकघर एक उद्यमको अवधारण विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो । 

जनचाहनाअनुसार विकासमा लाग्नुपर्ने: मन्त्री पण्डित

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले महानरपालिकाले जनचाहनाअनुसार विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । विकास निर्माणको प्रतिफल आउने गरेर स्थानीय तहले काम गर्नुपर्ने उहाँको भनाइ छ । 

जनताले ‘जनप्रतिनिधिले गरेको काम ठीक छ’ भन्ने गरेर काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारको अधिकार पूर्ण रुपमा पठाएको होइन”, उहाँले भन्नुभयो, “नेपाल सरकारले इट्टा मात्रै पठाएको हो, घर तपाई आफैँले बनाउने हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी