६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीको तिलोत्तमा र सैनामैना नगरपालिकाको बजेट सार्वजनिक

१० असार २०७६, मंगलवार १६:२४

असार १०, खस्यौली (रासस) | रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ५४ करोड ३९ लाखको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभाको आज बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी आवका लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै रु १९ करोड बढी छ । आव २०७५/७६ मा तिलोत्तमाले रु एक अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उप–प्रमुख चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्फ रु ५३ करोड ३९ लाख तथा पूँजीगत खर्चतर्फ रु एक अर्ब ९९ लाख ४० हजार विनियोजन गरिएको छ ।

माथिको तश्वीरमा: रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पाँचौं नगरसभा बैठकमा आव २०७६/७७ को बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरी । तस्बिर: निरा गौतम

बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगरः खुसी नगरवासी’ रहेको बताउनुभयो । बजेटमा आम्दानीको स्रोतको रुपमा आन्तरिक राजश्वबाट रु ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रु दुई करोड ५० लाख र गत आवको मौज्दात रु एक करोड रहेको छ ।

शिक्षातर्फ शिक्षक, कर्मचारीको तलबका अतिरिक्त सामुदायिक विद्यालयको भवन तथा पूर्वाधार निर्माणमा रु ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नति, गत वर्ष पूरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ । तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालीम सञ्चालनसमेतका कार्यक्रम कार्यान्वयन गर्न रु एक करोड १२ लाख विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा रु चार करोेड १५ लाख, खेलकूद र युवातर्फ रु एक करोड ९७ लाख ३० हजार विनियोजन गरिएको छ । 

सैनामैनाको बजेट सार्वजनिक

सैनामैना नगरपालिकाले रु ९० करोड ८५ लाख ५१ हजारको बजेट आज सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सो बजेट प्रस्तुत गर्नुभएको हो । 

रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की मंगलबार आर्थिक वर्ष २०७६/०७७ को  बजेट प्रस्तुत गर्दै । तस्वीरः युवराज पाण्डे/रासस 

विनियोजित बजेटमध्ये चालू खर्चमा रु ४४ करोड ११ लाख १० हजार र पूँजीगत खर्चका लागि रु ४६ करोड ७४ लाख ४१ हजार रहेको सैनामैना नगरपालिकाले जनाएको छ । बजेटमा सङ्घीय सरकारबाट प्राप्त अनुदान रु ६६ करोड दुई लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान रु चार करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट रु तीन करोड १८ लाख ८२ हजार, आन्तरिक स्रोतबाट रु १३ करोड १५ लाख ५५ हजार र रु तीन करोड ६२ लाख ५८ हजार बचत तथा न्यूनबाट पूर्ति हुनेगरी आयको अनुमान गरिएको उल्लेख छ । नगर प्रमुख कार्कीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या