२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजश्व बाँडफाँट नै गरेनन् प्रदेश नं ३ का स्थानीय तहले

१७ असार २०७६, मंगलवार ०५:३९

राजकुमार पराजुली | असार १७, चालू आर्थिक वर्षको करीब अन्त्यसम्म आइपुग्दा पनि प्रदेश नं ३ का १०० बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँड गरेका छैनन् । राजश्व बाँडफाँड नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले उपसमिति बनाएर स्थानीय तहमा स्थलगतरूपमा अनुगमन गर्न पठाएको छ ।

 उपसमितिले प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहमा अनुगमन गरी प्रदेश सञ्चित खातामा राजश्व जम्मा गराउन आजबाट स्थलगत अनुगमनमा निस्केको छ । उपसमिति संयोजक रत्न ढकालले स्थानीय तहमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को बोलपत्रमार्फत बिक्री गरिएको आम्दानीको ४० प्रतिशत प्रदेशको सञ्चित खातामा जम्मा नभएपछि आजबाटै स्थलगत अनुगमनमा निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज काभ्रेपलाञ्चोक जिल्लाबाट अनुगमन थालेका छौँ ।” 

उपसमितिले स्थलगतरूपमा नदीजन्य पदार्थको उत्खनन तथा राजश्व  सङ्कलनको अवस्थाबारे अनुगमन गर्नेछ । ढकालको संयोजकत्व गठित समितिमा प्रदेशसभा सदस्य दीपक निरौला, सन्त प्रजा, रीता माझी र रमेश पौडेल हुनुहुन्छ । प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ, मनोरञ्जन कर तथा विज्ञापनको कर स्थानीय तहले आफैँ उठाई प्रत्येक महीना बाँडफाँड गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने र त्यसको विवरण पठाउनुपर्ने व्यवस्था भए पनि स्थानीय तहले हालसम्म त्यसको पालना नगर्दा प्रदेश सरकारको लक्ष्य पूरा नभएको हो ।

 प्रदेश सरकारले रोयल्टीसहित चालू आर्थिक वर्षमा ११९ स्थानीय तहबाट रु नौ अर्ब ३३ करोड राजश्व  सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा अधिक मात्रामा राजश्व  सङ्कलन भए पनि प्रदेश सरकारको सञ्चित कोषमा हालसम्म राजश्व  दाखिला नभएको, स्थानीय तहमा नदीजन्य पदार्थ उत्खननका नाममा व्यापकरूपमा दोहन गरिएको तथा अनियमितता भएको गुनासो आएपछि प्रदेशसभा सदस्य अनुगमनमा निस्किएको बताउनुभयो । “स्थानीय तहले प्रदेश सरकारको परिपत्र पनि बेवास्ता गरेपछि अनुगमन गर्नैप¥यो”,उहाँले भन्नुभयो । 

आर्थिक ऐनमा नदीजन्य पदार्थ मनोरञ्जन तथा विज्ञापनको करमध्ये ६० प्रतिशत स्थानीय तह आफैँले सञ्चित कोषमा राखी ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने नीति उल्लेख छ । चालू आर्थिक वर्षको ११ महीनामा १० जिल्लाका १० स्थानीय तहले मात्रै प्रदेश सञ्चित कोषमा राजश्व  दाखिला गरेको उपसमिति संयोजक ढकालले जानकारी दिनुभयो । ती स्थानीय तहबाट १२ करोड ४३ लाख ५१ हजार ७१२ रुपैयाँ ६० पैसा राजश्व प्रदेश सञ्चित कोषमा दाखिला भएको छ । “असार महीनामा सबै जिल्लामा अनुगमन नसकिए साउनमा पनि गर्नेछौँ”,ढकालले भन्नुभयो ।

 चालू आर्थिक वर्षको शुरुआतमै अर्थात् गतसाल साउन २२ गते प्रदेशका सबै स्थानीय तहलाई जिल्लास्थित समन्वय समितिमार्फत परिपत्र गरी प्रदेश आर्थिक ऐनमा भएका व्यवस्थाबारे जानकारी गराउँदै सङ्कलित राजश्व रकम मासिकरूपमा बाँडफाँड गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्न र त्यसको विवरण पठाउन निर्देशन दिइएको थियो । काभ्रेपलाञ्चोकका समन्वय अधिकारी सच्युतराज उपे्रतीले जिल्लाका सबै स्थानीय तहमा प्रदेशको पत्र पु¥याएको जिकिर गर्नुभयो ।

 काभ्रेपलाञ्चोकको पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले राजश्व  बाँडफाँडसम्बन्धी प्रदेशबाट कुनै पनि पत्र नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले पत्र पाएका छैनौँ, कसरी जम्मा गर्ने भन्नेबारे पनि थाहा छैन ।” उहाँले स्थानीय तहमा नदीजन्य पदार्थबाट सङ्कलित राजश्व प्रदेश सरकारलाई बुझाउनुपर्छ भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य