२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामग्रामको विकास हुन्छ : मन्त्री अर्याल

१८ असार २०७६, बुधबार ०५:२८

असार १८, नवलपरासी | भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास सरकारले गर्छ, तपाईँहरु विश्वस्त हुनुस् ।”

मन्त्री अर्याल स्तुपमा पुग्दा स्थानीयवासीले यसको विकासमा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराएका थिए । रामग्राम–७ का वडाध्यक्ष शिवशङ्कर हरिजनले स्वदेशी तथा विदेशी गरी वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने यो स्थल उचित विकास र पूर्वाधारको कमीले पछि परेकाले सरकारले चासो दिएर विकास गर्नुपर्ने बताउनुभयो । रामग्राममा पर्यटकका लागि आवश्यक विश्रामगृह, शौचालय, सुविधासम्पन्न होटलजस्ता पूर्वाधारको अभाव छ । 

मन्त्री अर्यालले पाल्हीनन्दन–४ स्थित ऐतिहासिक पाल्ही भगवती मन्दिरको पनि दर्शन गर्दै मन्दिरको बारेमा जानकारी लिनुभयो । मन्त्री अर्याललाई उक्त मन्दिरको मुख्य पुजारी एवं सङ्घीय सांसद देवेन्द्रराज कँडेलले मन्दिरको महत्वबारे जानकारी गराउनुभएको थियो । 

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुलदेवी पाल्ही भगवतीको स्थापना भएको हो । सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्टदेवीका रुपमा पाल्ही भगवती रहेकी थिइन् । सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ ।

यसैगरी सुनवल–५ वनकट्टीमा रहेको शहीद विष्णु पाण्डे उद्यानको पनि अवलोकन गर्दै मन्त्री अर्यालले त्यहाँको विकास योजनाबारे जानकारी लिनुभयो । उक्त स्थललाई नेपालकै नमूना पर्यटकीयस्थल बनाउने गरी योजना अघि बढाइएको र त्यसका लागि सङ्घीय सरकारबाट आवश्यक बजेट विनियोजनका लागि ध्यानाकर्षण गराइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीकी नेतृ विमला अर्यालले जानकारी दिनुभयो । मन्त्री अर्यालले परासीमा निर्माणाधीन मालपोत कार्यालयको निरीक्षण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट