२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमै पहिलोपटक हेटौंडामा टैंकर क्यालीब्रेशन संञ्चालनमा

२०७६, २० असार शुक्रबार १६:३३

असार २०, हेटौडा | पेट्रोलियम पदार्थमा बषौं अगाडी देखि हुँदै आएको अनियमितता अन्त्य गर्नका लागि टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर आजैबाट सञ्चालनमा ल्याइएको छ । 

नेपालमानै पहिलोपटक हेटौंडामा नापतौल बिभागले पेट्रोलयम पदार्थमा गुणस्तरियता कायम गर्न टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । कुल एक करोड ५० लाख रुपैयाँ लागतमा तीन वर्ष लगाएर निर्माण गरिएको टैंकर क्यालीब्रेशन टावर सञ्चालन गरिएको नापतौल विभागका महानिर्देशक बिश्वबाबु पुणासैनीले वताउनुभयो ।

एक दिनमा यहाँबाट १५ वटा तेल ट्याङकरको गुणस्तरियता परिक्षण गरिने छ । एक वर्षमा एक पटक एउटा ट्याङकरले परिक्षण गराएपछी मात्र सञ्चालन गर्न पाइने उहाँले वताउनुभयो । भारतबाट आएको तेल ट्याङकरलाई परिक्षण गर्नका लागि सहज भएको छ । ट्याङकरमा क्यालीब्रेशन गराएपछी मात्र नापतौल बिभागले गुणस्तरियताको प्रमाणपत्र दिने छ । अनी मात्र ट्याङकर तेल ओसार्नका लागि योग्य हुने छन् ।

यसको सञ्चालन भएसंगै तेलमा हुँदै आएको अनियमितताको अन्त्य हुने बिस्वास गरिएको छ । टैंकर क्यालीब्रेशन टावरको आज उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादबले उद्घाटन् गर्नु भएको छ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङकरले कम वा बडी बोक्न मिल्ने वा नमिल्ने अवस्थाका बारेमा यसबाट सजिलै जाँच गराउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी