६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीको एक किसानले आफ्नो बुबाको स्मृतिमा स्वास्थ्यचौकीलाई जग्गा दिए

२१ असार २०७६, शनिबार ०२:०६

असार २१, बर्दिवास (रासस) | महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गर्नुभएको छ । 

स्व पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान गर्नुभएको हो । मालपोत कार्यालय बर्दिवासमा साहले दानबकस गरेर स्वास्थ्य चौकीका नाउँमा दिएका जग्गाको जग्गा धनी पुर्जा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले शुक्रबार सञ्चारकर्मीबीच सार्वजनिक गर्नुभयो । 

साविक किसाननगर गाविस–२ को चौलिखा बजारकै सो जग्गा हाल बर्दिवास नगरपालिका–६ नम्बर वडामा पर्छ । जग्गाको अहिलेको चलनचल्तीको मूल्य रु २० लाख पर्ने प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनुभयो । सो जग्गामा अब स्वास्थ्यचौकी भवन बनाइने नगरपालिकाले जनाएको छ । जनताको सहज स्वास्थ्य सेवासँग जोडेर आफूले स्व पिताको स्मृतिमा जग्गादान गरेको जग्गादाता साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या