२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीको एक किसानले आफ्नो बुबाको स्मृतिमा स्वास्थ्यचौकीलाई जग्गा दिए

२०७६, २१ असार शनिबार ०२:०६

असार २१, बर्दिवास (रासस) | महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गर्नुभएको छ । 

स्व पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान गर्नुभएको हो । मालपोत कार्यालय बर्दिवासमा साहले दानबकस गरेर स्वास्थ्य चौकीका नाउँमा दिएका जग्गाको जग्गा धनी पुर्जा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले शुक्रबार सञ्चारकर्मीबीच सार्वजनिक गर्नुभयो । 

साविक किसाननगर गाविस–२ को चौलिखा बजारकै सो जग्गा हाल बर्दिवास नगरपालिका–६ नम्बर वडामा पर्छ । जग्गाको अहिलेको चलनचल्तीको मूल्य रु २० लाख पर्ने प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनुभयो । सो जग्गामा अब स्वास्थ्यचौकी भवन बनाइने नगरपालिकाले जनाएको छ । जनताको सहज स्वास्थ्य सेवासँग जोडेर आफूले स्व पिताको स्मृतिमा जग्गादान गरेको जग्गादाता साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी