२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नं २ को सरकार आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै

२०७६, २४ असार मंगलवार १०:१२

असार २४, जनकपुर  | प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । 

कार्यदलको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित सङ्घीय कोष तथा लेखा नियन्त्रणका प्रमुख डा वीरेन्द्र मिश्र, नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार सदस्य–सचिव रहनुभएको छ  ।

कार्यदललाई बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ । कार्यदलका संयोजक डा हरिवंश झाले अवधारणा पत्रमाथि छलफल शुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रूप दिइने बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी