६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बडिगाडमा रोजगार कार्यक्रम प्रभावकारी

३१ असार २०७६, मंगलवार १५:५३

हेम विश्वकर्मा | असार ३१, बडिगाड (बाग्लुङ) | प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा खर्च गरिएको भन्दै यो कार्यक्रमको मजाक उडाइएको समाचार संचारमाध्यमहरुमा आइरहँदा बागलुङको बडिगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । १० वटा वडा रहेको गाउँपालिकामा कतै गोरेटो बाटो सोलिङ गर्ने, कतै सिँचाइ कुलो मर्मत त कतै मलामीलाइ बिसाइ मेट्ने पौवा समेत निर्माण गरिएको छ । 

जसअन्तरगत वडा नं १ को तुम्डाडा स्थित मोटरबाटोको भलले काटेको ठाउँमा पर्खाल लगाइएको र २१ जनाले रोजगार पाएको वडा अध्यक्ष बोम बहादुर थापाले जानकारी दिनुभयो । यस्तै वडा नं २ मा रिठे राक्से सिंचाइ कुलो मर्मत गरिएको वडा अध्यक्ष हिमा खरेलले जानकारी दिनुभयो । 


यस्तै वडा नं ३, ५, ६, ७ र ९ मा मलामीहरुका लागि गर्मी बर्षातमा ओत लाग्ने पौवा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । वडा नं ४ जलजलाले आख्रेनी लब्धीखोला गोरेटो बाटो सोलिङ्ग गरिएको वडा अध्यक्ष प्रेम गलामीले बताउनुभयो ।  यस्तै वडा नं १० ले तल्लो गाउँबाट माथिचौरसम्म, निगलपानीको फेँदी देखि तल्लो गाउँको केही भाग सम्म गोरेटो बाटो सोलिङ्ग  गरिएको वडा अध्यक्ष बिरेन्द्र बुढा मगरले जानकारी दिनुभयो । 


सरोजगार कार्यक्रमका लागि प्रत्यक वडा लाइ २ लाख ६० हजार बिनियोजन गरिएको प्रमुख प्रसासकिय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाको १ नम्बर वडा देखि १० नं वडा सम्मका नागरिकले गाउँमै  रोजगारी पाएका हुन् । विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगारी पाएको बताइएको छ ।  दिनभरि खाली बस्दै आउनु परेको र  पैसा हातमा नभएका बेला सरकारले केही समयका लागि भए पनि जागिरको व्यवस्था मिलाइ दिएकोमा खुशी लागेको सिसाखानीका राजन थापाले बताउनुहन्छ । 


कार्यविधिले यो योजनाअन्तरगत स्थानीय तहका सडकहरुको नियमित मर्मत सम्भार, स्थानीय तहभित्रका वस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या