६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी कारवाहिबाट सल्यानमा ५६ लाख ५५ हजार राजस्व संकलन

२ श्रावण २०७६, बिहीबार ०५:४३

शंकर के सी | साउन २, सल्यान |  सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढि राजस्व उठाएको छ । नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक (सई) जगदिश ऐरले जानकारि दिए । 

उनका अनुसार २०७५ साउन देखि २०७६ असार सम्म सबैभन्दा बढि मोटरसाइकल कारवाहिमा परेका छन् । ३४५० मोटरसाइकललाइ कारवाहि गर्दा १९ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रसनि ऐरले जनाए । 

यस्तै १६४१ ट्रक कारवाहिमा परेका छन् । जसबाट ९ लाख १९ हजार रुपैयां संकलन भएको छ । यस्तै १३२१ बसलाय कारवाहि गर्दा ७ लाख ३५ हजार, २१५५ जीप तथा कारलाइ कारवाहि गर्दा एक लाख ४० हजार पाँच सय र १३९१ ट्रेक्टरबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ संकलन भएको उनले जनाए । 

अघिल्लो आर्थिक वर्ष १० हजार तीन सय सवारि साधन कारवाहिमा परेकोमा आ.व ०७५।०७६ मा नौ हजार नौ सय ५८ यातायातका साधन कारवाहिमा परेका छन् । सबै भन्दा बढि असारमा ११०८ सवारिसाधन कारवाहिमा परेका छन् भने सबैभन्दा बढि राजस्व पुष महिनामा पाँच लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ । 

प्रसनि ऐरले जिल्लाको कपुरकोटबाट सबैभन्दा बढि राजस्व संकलन भएको जनाए । दोश्रोमा श्रीनगरबाट बढि राजस्व उठेको छ भने सबैभन्दा कम सल्लीबजारबाट राजस्व संकलन भएको छ । सवारि चलाउँदा मापसे गर्ने एक सय १८ जनालाइ कारवाहि गरिएको उनले बताए । तर कसैको पनि चालक अनुमतीपत्र (लाइसियन्स) प्वाँल नपारिएको उनले जनाए । 

१३ पुरुष, ४ महिला र १ बालकको मृत्यु 

यसैविच गत साउन देखि असार सम्म १८ जनाले सवारि दुर्घटनामा ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने २० जनाले ज्यान गुमाएका थिए । आ.व २०७५।०७६ मा १३ जना पुरुष, ४ जना महिला र एक जना बालकले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साथै सवारि दुर्घटनामा २५ जना सक्त र १५३ जना सामान्य घाइते भएको प्रसनि ऐरले जनाए । 

यस आर्थिक वर्षमा दुर्घटना हुने सवारिको संख्यामा भने बृद्धि भएको छ । अघिल्लो आ.वमा ३७ वटा सवारिसाधन दुर्घटनामा परेकोमा ०७५।०७६ मा १०१ सवारि दुर्घटना भएका छन् । ४५ वटा मोटरसाइकल, १९ वटा जीप, १७ वटा ट्रेक्टर, ११ वटा बस र ९ वटा ट्रक दुर्घटना भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या