६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाका कैदीबन्दी स्वरोजगार बन्दै

२ श्रावण २०७६, बिहीबार ०७:२४

साउन २, रोल्पा  | रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । 

उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालीमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्ने र मुढा बनाउनका लागि मेशिन औजारसमेत हस्तान्तरण गरिएको थियो । सामग्री पाएका उनीहरुमध्ये अधिकांशले आफ्नो कामलाई निरन्तरता दिइरहका छन् भने कतिपय कैदीबन्दीहरु काम नगरी त्यतिकै बसेका छन् । कारागारभित्र सिकेको सीपले कैद भुक्तानपछि पनि जीविकोपार्जनमा मद्दत गर्ने भएकाले आफूले कामलाई निरन्तरता दिएका कैदीबन्दी तुलाधर घर्ती मगरको भनाइ छ ।

मिहिनेत र परिश्रम गरी कारागारभित्र उत्पादन गरेका मुढालगायत विभिन्न सामाग्रीले सोचेजस्तो बजार नपाउँदा कहिलेकाहीँ नैराश्यता बढ्ने गरेको कैदीबन्दी ईश्वर महराले बताउनुभयो । “आफूहरुले उत्पादन गरेको सामग्रीको प्रचारप्रसार हुन नसक्दा बजारीकरणको समस्या भएको हुन सक्छ”,महराले भन्नुभयो ।

कारागार बसाइलाई सहज बनाउन पनि यस्ता सीपमूलक क्रियाकलापले सहयोग गर्ने प्रजिअ लक्ष्मण ढकालको भनाइ छ । “कारागारलाई सुधारगृहका रुपमा विकास गर्न यस्ता सीपमूलक तालीमले सहयोग गर्न सक्छन्”, प्रजिअ ढकालले भन्नुभयो । सीपलाई सदुपयोग गरी आयआर्जन लाग्नुपर्ने प्रजिअ ढकालको सुझाव छ । 

जिल्ला  कारागार रोल्पामा हाल ६ महिला र ७४ पुरुष गरी ८० जना कैदीबन्दी रहेको इञ्चार्ज ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

बजारको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीले बनाएका यी विभिन्न सामग्रीहरुले उचित मूल्य पाउन सकेका छैनन् । कारागार आसपास वा बजारको अन्य क्षेत्रमा समेत बिक्री वितरण कक्षको व्यवस्था गर्न सके जेलजीवन बिताइरहेका कैदीहरुको मनोबल बढ्नाका साथै उनीहरुको श्रमले मूल्य पाउने थियो । यसतर्फ ध्यान जान जरुरी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या