२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रे: निर्माण भएको एक महीनामै सिँचाइ कुलो भत्कियो

२०७६, ६ श्रावण सोमबार ०२:५८

साउन ६, काभ्रे | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ ।

एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । बेथानचोक गाउँपालिका–५ स्थितलड्कु खोलाबाट २०३९ सालदेखि नै त्यहाँका किसानले कुलो बनाएर सिँचाइ सुविधा उपभोग गर्दै आएका छन् ।

सात किलोमिटर टाढादेखि ल्याएको सो सिँचाइ कुलोबाट बल्थली भेगका एक हजार १७२ रोपनी जमीनमा सिँचाइ पुर्याइएको छ तर करीब दुई हप्ता अगाडिदेखि परेको अविरल वर्षाका कारण कुलोमाथिबाट गएको पहिरोले कुलो पुरिनुका साथै ठाउँ–ठाउँमा भत्किए पछि त्यहाँका किसान चिन्तित बनेका छन् । “यो ठाउँको एउटै मात्रै आधार बल्थली सिँचाइ कुलो वर्षाको बाढीले बगाएर क्षति पुगेको छ ।” बल्थली सिँचाइ उपभोक्ता समितिका उपाध्यक्ष रामप्यारी केसीले भन्नुभयो, “मर्मत गर्न परेको रु दुई करोड ४२ लाख रकममध्ये रु ५० हजारको उपभोक्ता समितिबाट र बाँकी सबै ठेकेदारमार्फत सम्पन्न गरी समितिलाई जिम्मा लगाइसकेको थियो, अब फेरि बाढीले पूर्णरुपमा क्षति पुगेको छ ।”

त्यही कुलोको पानीले खेत रोपिसकेको भए पनि अब पानी आवश्यक पर्ने बेलामा कसरी कहाँबाट व्यवस्था गर्ने भन्ने चिन्ता पर्न थालेको अर्का किसान सीताराम केसीले बताउनुभयो । “कुलोको सबै भाग माथिबाट आएको बाढीले पुरिएको छ”, उहाँले भन्नुभयो, “तलबाट करीब १२÷१३ ठाउँमा पहिरो गएको छ ।” समितिका उपाध्यक्ष केसीले क्षतिको विवरण सङ्कलन गरी वडा र नगरपालिकामा आवश्यक मर्मतको लागि पेश गर्ने तयारीमा रहेको बताउनुभयो । त्यससँगै सकेसम्मको काम गर्नका लागि सबै उपभोक्तालाई अनिवार्य उपस्थित गराएर मर्मत गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

सो वडाका वडाध्यक्ष तारामान तामाङले वडाबाट मात्रै मर्मतको लागि सहयोग गर्न सम्भव नरहेकाले माथिल्लो निकायमा नै माग गर्न पहल गर्नुपर्ने बताउनुभयो । उक्त सिँचाइबाट बल्थली फाँटका किसानले आलु, धान, गोलभेँडा, काउलीलगायत सागसब्जी खेती गरी अर्थोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी