७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा राजश्व सङ्कलन वृद्धि

७ श्रावण २०७६, मंगलवार ०९:३१

साउन ७, तनहुँ | गत आर्थिक वर्षमा तनहुँमा रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आव २०७४-७५ मा रु ८२ करोड ९७ लाख ७६ हजार ५८५ राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।  

कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सङ्घतर्फ रु चार अर्ब ९३ करोड ६५ लाख १० हजार ६२३ र प्रदेशतर्फ १४ करोड ४७ लाख ६२ हजार ३४७ गरी कूल रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन भएको छ । 

जिल्लामा सबैभन्दा बढी आन्तरिक राजश्व विभागबाट रु चार अर्ब ९३ करोड ६५ लाख १० हजार राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख विष्णुहरि वाग्लेले  जानकारी दिनुभयो । 

यसैगरी गत आवमा सङ्घीयतर्फ रु सात अर्ब ४० करोड ४६ लाख १३ हजार २८१ वजेट विनियोजन भएकामा सो अवधिमा रु सात अर्ब १८ करोड ५८ लाख ६० हजार ७९२ खर्च भएको उहाँले जानकारी दिनुभयो । 

गत आवमा पूँजीगततर्फ १५ अर्ब ५३ करोड ९१ लाख २१ हजार वजेट विनियोजन भएकोमा सो अवधिमा रु १२ अर्ब ६६ करोड ५३ लाख तीन हजार ८१३ खर्च भएको छ । सङ्घीयतर्फको कूल खर्चमा स्थानीय तहको अंश रु तीन अर्ब ७८ करोड ९६ लाख ३० हजार ७६६ रहेको छ । 

यसैगरी गत आवमा प्रदेशतर्फ रु एक अर्ब ८२ करोड ८१ लाख ५६ हजार ८२५ वजेट विनियोजन भएकामा सो अवधिमा रु एक अर्ब १८ करोड ५१ लाख ३५ हजार ५७२ खर्च भएको छ । आख्तियारी ढिलो आएका कारण सङ्घको तुलनामा प्रदेशको वित्तीय प्रगतिमा कमी देखिएको कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या