२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रमदानमा पक्की कुलो निर्माण

२०७६, ७ श्रावण मंगलवार ०९:३६

साउन ७, पाल्पा   | निस्दी गाउँपालिका–६ अर्चलेका स्थानीयवासीको श्रमदानमा ‘पक्की कुलो’निर्माण गरिएको छ । कच्ची कुलोले सिँचाइ सुविधा पु¥याउन कठिन परेपछि स्थानीयवासीले श्रमदान गरेर पक्की कुलो निर्माण गरेका हुन् । पार्कुला र चिदिबयाको बीच भागमा पर्ने बोगादी खोलामा बाँध बाँधेर ल्याइएको बोगादी कुलो पक्की निर्माण गर्ने काम हालसालै सम्पन्न भएपछि धान रोपाइँ गरिएको छ । 

एक रोपनी क्षेत्रफल बराबर चार जना उपभोक्ता गरी जम्मा २८० जनाको श्रमदानमा कुलो निर्माण गरिएको अनुगमन समितिका संयोजक कृष्णबहादुर सुनारीले बताउनुभयो ।

“उपभोक्ताको श्रमदान र लगानीमा राम्रोसँग काम भएको छ, अब सिँचाइको समस्या समाधान हुँदै जानेछ”,उहाँले भन्नुभयो । यसले बोगादी कुलोबाट, मडाम्दी, पार्कुला र ड्याङ्गबारी क्षेत्रका ७० रोपनी जमीनमा सिँचाइको राम्रो सुविधा पुग्ने सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर मश्राङ्गीले बताउनुभयो । 

उहाँका अनुसार कुलोबाट यहाँका २५ घरधुरीका कृषक लाभान्वित हुनेछन् । स्थानीयवासीको श्रमदान र उनीहरुबाट उठाइएको रकमले मात्र काम सम्पन्न नहुने भएपछि गाउँपालिकाबाट सहयोग माग गरिएको उपभोक्ता समितिले जनाएको छ । कुलो निर्माणमा गाउँपालिकाले रु चार लाख ५० हजार रकम सहयोग गरेको छ ।

उपभोक्ताबाट प्रतिरोपनी रु ८०० रकम गरी कूल पाँच लाखको लागतमा कुलो निर्माण गरिएको उपभोक्ता समितिका सदस्य मीनबहादुर मश्राङ्गी बताउनुहुन्छ । “कुलो भरिने पानी लगायो, बीचमै चुहिएर खेतको मुहानमै नपुग्ने, कृषकलाई बालीनाली लगाउने बेला बर्सेनी समस्या परिराखेको थियो”, उहाँले भन्नुभयो ।

मूल कुलोको अन्तिम स्थान ड्याङ्बारी क्षेत्रबाट दुई वटा कुलोमा पानी विभाजन गरेर खेतमा सिँचाइका लागि लगिएको छ । ड्याङ्बारी क्षेत्रमा पुग्ने दुई सय मिटर र पार्कुला खेतमा पुग्ने तीन सय मिटर खेतमा सिँचाइका लागि लगिएको कच्ची कुलोलाई पक्की गर्न गाउँपालिकासँग रकम माग गर्ने समितिले जनाएको छ ।

गाउँमा पक्की कुलो निर्माण सम्पन्न भएपछि धान, गहँु, तोरी, तरकारी लगायतका बालीनालीको उत्पादन सजिलैसँग लिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी