२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा ७ मेगावाटको चेपे ‘ए’जलविद्युत आयोजना बन्ने, २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य

२०७६, ३१ श्रावण शुक्रबार १२:१९

साउन ३१, गोरखा । गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भइसकेको छ । 

आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ । 

जल विद्युत् आयोजना लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बन्नेछ । आयोजनाको प्रारम्भिक वातावरण मूल््याङ्कन ९क्ष्भ्भ्० समेत स्वीकृत भइसकेको छ । 

प्रतिमेगावाट करीव रु १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।

 आयोजना सन् २०२२ सम्म सम्पन्न गर्ने निर्माण कम्पनी चम्पावती हाईड्रोपावरले लक्ष्य लिइएको छ । कम्पनीका अध्यक्ष डा.हरिराम पराजुलीका अनुसार प्राविधिक काम अगाडि बढेको छ । करीव क्यू–४१५ मा डिजाइन भएको चेपे ‘ए’आयोजना प्राविधिक रुपमा पनि राम्रो रहेको उनले बताए । 

प्राविधिक र आर्थिक दुबै रुपले चेपे ‘ए’आयोजना मोडल हाइड्रो पावरका रुपमा रहेको कम्पनीका एक डाइरेक्टर वरिष्ठ इन्जिनियर लक्ष्मण अर्यालले बताए । आयोजना सम्पन्न भएपछि उर्जामा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य पुरा गर्न सहयोग पुग्ने ई. अर्यालले बताए । 

उक्तआयोजनापावर हाउस तथा बाध वाध्ने स्थलमा बाह्रै महिना चल्ने सडक पुगि सकेको छ । उक्त आयोजनाको पावर हाउस गोरखाको पाण्डेवेशी तथा लमजुङ्गको वोराङ्गखोला ९वस चल्ने ठाँउ०बाट १ कि.मि. दूरीमा रहेको छ । सहज भौगोलिक तथा भौगर्भिक अवस्था र सडक सुविधाबाट नजिक रहेको आयोजना भएकोले निर्माण गर्न सजिलो हुने कुरा अर्का डाइरेक्टर वरिष्ठ इन्जिनियर रामेश्वर लामिछानले बताउछन् ।

चम्पावती हाईड्रोपावर कम्पनीप्रा.लि. को तर्फबाट डा.हरिराम पराजुली, टुक प्रसाद न्यौपान,े तिलकराज भट्टराई, श्यामथापा, रामेश्वर लामिछाने,लक्ष्मण अर्याल लगायतको उर्जा क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरहरुको टिमले यो आयोजना निर्माण गर्न लागेको हो । यो आयोजना चेपे(कुएले खोलाको दोभानमा बाँध बाधेर चिल्ली खोला दोभानको सिरानचोक(२(साविकथालाजुङ्ग) कुभिन्डे भन्ने ठाँउमा पावर हाउस निर्माण हुन्छ । उक्तआयोजनावाट निस्कने विद्युत ५ कि.मी. टाढा रहेको चिप्पेटी सवस्टेशनमा लगेर जोडिनेछ । 

बैकल्पिक रुपमा आयोजनाहरुलाई मध्यनजर गर्दै राष्ट्रिय प्रशारण लाइन गोरखा जिल्लाको चेपेखोलामा बन्न लागेका विभिन्न हाइड्रोपावरका आयोजनाहरुलाई लक्षितगर्दै राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको छ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले गोरखा र लमजुङ जिल्लाका नदीखोलाबाट उत्पादनहुने विद्युतको सहज रुपमा प्रशारण गर्न सिरानचोक(१, केरावारीको कोदोम्वारीमा १३२ कि.मी. प्रसारण लाइन सव स्टेशन बनाएर ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष डा. पराजुलीले बताए । ग्रिड कम्पनीसँग छलफलमा छौ, छिटो टुंगो लगाएर चेपे तथा दरौदी लगायतका नदीका आयोजनाहरुबाट उत्पादनहुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने पहलभइरहेको छ’, उनले भने, ‘यसले प्रशारण चुहावटसमेत घटाउने छ । उक्त सवस्टेशनवन्ने वितिकै चेपे तथा दरौदीका माथिल्लो भागमा रहेका नदीहरुको सवै जलविद्युत आयोजनाहरु बनाउन सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी