७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङका सबै गाउँमा पुग्यो टेलिफोन सेवा, बझाङमा मात्र १८ वटा टावर

९ भाद्र २०७६, सोमबार ०७:२६

भदौ ९, बझाङ (रासस) | बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । 

नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार र नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन् । त्यस्तै, नमस्ते पोष्टपेड प्रयोगकर्ताको सङ्ख्या पाँच हजार पुगेको छ भने स्काई पोष्टपेड प्रयोगकर्ताको सङख्या एक हजार ५०० पुगेको छ । 

टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरबाट सेवा प्रदान गरिरहेको छ भने थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्यँुकोटमा टावर निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ । टेलिकमका अनुसार बैतडी र बझाङको सिमाना जजल्लाबाट पनि सेवा दिइने भएको छ ।

त्यस्तै, बझाङका लागि प्रमुख टावरको रूपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरोन्नति गरिने भएको छ । टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकाले उक्त टावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ । छविसपाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरण बझाङका सहायक अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा पनि विस्तार गरिने भएको छ । फोरजी सञ्चालनका लागि सबै टावरहरूमा सर्भे भइसकेको सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या