२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङका सबै गाउँमा पुग्यो टेलिफोन सेवा, बझाङमा मात्र १८ वटा टावर

२०७६, ९ भाद्र सोमबार ०७:२६

भदौ ९, बझाङ (रासस) | बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । 

नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार र नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन् । त्यस्तै, नमस्ते पोष्टपेड प्रयोगकर्ताको सङ्ख्या पाँच हजार पुगेको छ भने स्काई पोष्टपेड प्रयोगकर्ताको सङख्या एक हजार ५०० पुगेको छ । 

टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरबाट सेवा प्रदान गरिरहेको छ भने थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्यँुकोटमा टावर निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ । टेलिकमका अनुसार बैतडी र बझाङको सिमाना जजल्लाबाट पनि सेवा दिइने भएको छ ।

त्यस्तै, बझाङका लागि प्रमुख टावरको रूपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरोन्नति गरिने भएको छ । टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकाले उक्त टावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ । छविसपाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरण बझाङका सहायक अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा पनि विस्तार गरिने भएको छ । फोरजी सञ्चालनका लागि सबै टावरहरूमा सर्भे भइसकेको सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी