२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक करोडको लगानीमा सावुन उद्योग संचालन

२०७६, १५ भाद्र आईतवार ०५:५९

भदौ १५, पर्वत । पर्वतमा एक युवाले झण्डै १ करोडको व्यक्तिगत लगानीमा सावुन उद्योग संचालन गरेका छन् । कुश्मा नगरपालिका १ पाङ भट्टेखेतका २२ बर्षिय योगराज अधिकारीले कुनपा ४ गुफाचोकमा कालिगण्डकी सावुन उद्योग संचालन गरेका हुन् ।

२०७० साल भदौं महिनामा २२ लाखमा उनले उद्योग शुरु गरेका थिए ।  अहिले आइपुग्दासम्म उद्योगको पुर्जी ८० लाख पुगेको उनी बताउँछन् । उद्योगबाट लुगा धुने साबुन सफा व्राण्ड र फोमी डिटर्जेन्ट पाउडर मात्रै अहिले उत्पादन हुने गरेको छ । दैनिक एक सय कार्टुन सावुन उत्पादन गर्दै आएका अधिकारीले उद्योगलाई अझै बृद्धि गर्ने सोच बनाएका छन् ।उत्पादीत सावुन कुश्मा, बाग्लुङ र म्याग्दीमा खपत हुने गरेको छ । मासिक रुपमा ५ देखि ६ हजारसम्म कार्टुन बजारमा खपत हुने गरेको अधिकारीले बताए ।

पाँच जनालाई रोजगारी समेत दिएका अधिकारीले मासिक रुपमा सवै खर्च कटाउँदा डेढ लाख मुनाफा हुने गरेको बताउँछन्  | सावुन उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ  रिठ्ठा, चिउरीको घिउ, सल्लाको खोटो प्रयोग हुदै आएको छ । सल्लाको खोटो पोखरा र अन्य कच्चा पदार्थ भने धौलागिरी भित्रैबाट आयात हुने गरेको छ ।

राज्यबाट अनुदानको रुपमा घरेलु तथा साना उद्योग विकास समिति पर्वतबाट उनले ८० हजार मात्रै पाएका छन् । भने उद्योग मन्त्रालयसम्म धाउँदा आफूले कुनै रेसपोन्स नपाएको अधिकारीको गुनासो छ । अधिकारीले सावुन उद्योग मात्रै नभइ आफ्नो गाउँ पाङमा १५० वटा तरकारीका टनेल समेत  हालेको बताउँछन् । आफ्नो काममा परिवारले शुरुमा साथ नदिएपनि अहिले साथ दिने गरेको उनले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित