२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय पक्षले बखेडा झिकेपछि हुलाकी सडक कालोपत्र गर्ने कार्य अन्योलमा

२०७६, १५ भाद्र आईतवार १२:४४

सिद्धराज भट्ट | निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भएको भन्दै भारतीय पक्षले बखेडा झिकेपछि कञ्चनपुरको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने कार्य अन्योलमा परेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बखेडा झिकेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढ्न नसकेको हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले जानकारी दिनुभयो ।

यसैगरी हुलाकी सडकको आन्तिम विन्दु कञ्चनपुरको दैजीबजार नजिकको बल्मीखोलामा सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि पहिले नै पिलर खडा गरेकामा थप निर्माणकार्य अघि बढ्न सकेको छैन । पुलको थप काम अघि नबढ्दा समयमै हुलाकी सडक निर्माण पूरा गर्न समस्या देखिएको बताइएको छ ।

कञ्चनपुरको पूर्वी सीमा डोकेबजारदेखि पूर्वपश्चिम राजमार्गमा पर्ने दैजीबजारसम्म निर्माण भइरहेको सो सडक ६२ किलोमिटर लामो छ । यो जिल्लामा पर्ने हुलाकी सडकखण्डको निर्माणकार्य आगामी चैत महीनामा सक्ने लक्ष्य लिइएको छ ।

कैलालीको धनगढीदेखि पूर्व कटैनी नदीसम्मको ३१ किलोमिटर हुलाकी सडकखण्डको मर्मतसम्भारको काम अघि बढ्न लागेको छ । धनगढीको क्याम्पस चोकदेखि मोहना पुलसम्म निर्माण गर्नुपर्ने छ दशमलव पाँच किलोमिटर लामो हुलाकी सडकको सट्टा बाइपास सडक निर्माणकार्य भइरहेको छ ।

सरोकारवाला बीच भएको समझदारी बमोजिम यो क्षेत्रमा ३० मिटर चौडा हुलाकी सडकको सट्टा १२ मिटर बाइपास सडक निर्माण थालिएको हो । हुलाकी सडक निर्माण गर्दा घरजग्गा मासिएर आफूहरु समस्यामा पर्ने भन्दै शुरुको अवस्थामा स्थानीयवासीले विरोध गरेपछि सडक निर्माण अघि बढ्न सकेको थिएन । 

कैलालीको वसन्ता वन क्षेत्रको दुई किलोमिटर क्षेत्रमा रुख कटानी गर्नुपर्ने भएका कारण रोकिएको हुलाकी सडकको निर्माण लामो समयपछि अघि बढ्ने देखिएको छ । सो क्षेत्रमा सडक निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) स्वीकृत भइसकेकाले काम अघि बढ्ने देखिएको सूचना अधिकारी मडैले बताउनुभयो । धनगढीदेखि पूर्व सत्तीचोकसम्मको ६२ किलोमिटर लामो हुलाकी सडकमध्ये वसन्ता वन क्षेत्रमा निर्माण गर्नुपर्ने सडकबाहेक सबै भागमा निर्माण पूरा भइसकेको छ । लम्कीदेखि टीकापुर हुँदै खक्रौलासम्मको २७ किलोमिटर लामो अर्को हुलाकी सडकको निर्माण पूरा भइसकेको छ ।

निर्माण हुँदै भत्किँदै

कालोपत्रे गरिएको हुलाकी सडक एक डेढ वर्षमै ठाउँ–ठाउँमा भत्किन थालेको छ । गुणस्तरी काम नगरेका कारण सडक भत्किने समस्या देखिए पनि नियमनकारी निकायले बेवास्ता गरेको स्थानीवासीको गुनासो छ । कञ्चनपुरको डोकेबजारदेखि पश्चिमतर्फको सडक, धनगढीदेखि पूर्व जाने सडक, लम्की खक्रौला सडकको कालोपत्र ठाउँ–ठाउँमा भत्किँदा आवागमन त्यति सहज नभएको गुनासो सर्वसाधारणको छ । 

योजना आयोगबाट अनुगमन

राष्ट्रिय योजना आयोगको टोलीले कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग सडक आयोजनाका साथै राष्ट्रिय प्राथमिकता प्राप्त निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरणको आयोजना र महाकाली सडक सुधार तथा विकास आयोजनाको कार्यमा देखापरेका समस्याबारेमा शनिबार स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा आयोगको टोलीलाई सम्बन्धित आयोजनाका अधिकृतले निर्माणसम्बन्धी प्रगति र देखिएका समस्याबारे जानकारी गराउनुभएको थियो । आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको नेतृत्वमा रहेको टोलीमा सदस्य सुशील भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङलगायत सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी