२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँको ग्रामीण क्षेत्र भिरकोटका ३५० घरधुरीमा बत्ती बल्दै

२०७६, १६ भाद्र सोमबार ०८:३८

भदौ १६, तनहुँ | तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्ज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न र तार विस्तारका लागि काम शुरु गरेको हो ।

उक्त वडाको पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँका करीब ३५० घरधुरीमा विद्युत् विस्तारका लागि काम भइरहेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो । वडाध्यक्ष रानाभाटका अनुसार पोल गाडेर तार विस्तार भएपछि ट्रान्सफर्मर र मिटर जडान गरिनेछ । 

उक्त ठाउँमा विद्युतीकरणका लागि गाउँपालिकाले गत आर्थिक वर्ष ०७५/७६ मा ४० लाख र चालू आर्थिक वर्ष ०७६/७७ का लागि रु ४० लाख बजेट विनियोजन गरेको छ । रु ८० लाखको लगानीमा दशैँ अगाडि नै बत्ती बाल्ने गरी काम शुरु गरिएको रानाभाटले जानकारी दिनुभयो । “दशैँ अगाडि नै झिलीमिली गाउँ बनाउने गरी कामलाई तीव्रता दिएका छौँ,” उहाँले भन्नुभयो, “पोल गाडेर तार विस्तार गर्ने बित्तिकै ट्रान्सफर्मर जडान गरेर प्रत्येक घर–घरमा बिजुली पुर्याउँछौँ ।”

साथै सिङ्गुवा, मधुवन र गुम्लेकमा पनि विद्युत विस्तारका लागि पोल गाड्ने काम भइरहेको छ । कूल एक हजार घरधुरी रहेको उक्त वडाको नारायणटार, हाडीटार, गुम्लेकलगायत हाल काम भइरहेको सहित गरी करीब ४३० घरधुरीमा बिजुली बल्न बाँकी रहेको छ । उक्त वडाको सबै घरधुरीमा चालू आर्थिक वर्षभित्रै बत्ती बाल्ने योजना छ ।

गुम्लेक ५२ घरधुरीमा भने केही दिनभित्रै बिजुली बाल्ने तयारी छ । उक्त ठाउँमा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणको रु ३५ लाख र गाउँपालिकाको रु चार लाखको लगानीमा सम्पूर्ण कार्य पूरा भइसकेको छ । 

जिल्लाकै विकट क्षेत्रको रुपमा परिचित यस ठाउँमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विद्युत् विस्तारको कामले खुशी छाएको पालिङटारका स्थानीयवासी कृष्ण रानाभाटले बताउनुभयो । “अहिलेसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका छौँ,” उहाँले भन्नुभयो, “अब छिट्टै बत्ती बाल्न पाउने भएका छौँ ।”

पचासी प्रतिशत घरधुरी बिजुलीको पहुँचमा

हालसम्म जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुली विस्तार भइसकेको छ । करीब ७८ हजार घरधुरीमध्ये १५ प्रतिशत घरधुरीमा अझै पनि बिजुली पुग्न नसकेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । 

वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । ११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमी लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि गत वर्ष रु तीन करोड बजेट खर्च भएको थियो । 

बाँकी १५ प्रतिशत घरधुरीमा अबको डेढ वर्षभित्र बिजुली विस्तार गर्ने योजना रहेको वितरण केन्द्रका प्रमुख शिव गोशलीले बताउनुभयो । गोशलीका अनुसार देवघाट गाउँपालिका, रिसिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुग्न सकेको छैन ।

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबीएको सबस्टेशन निर्माण गरिएको छ । उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दुरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीहरुमा बिजुली सेवा पुर्याइनेछ ।  

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका¬–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीहरुमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको छ । म्याग्देको मुलाबारी, ओटाङ्दी, व्यासको सुढे, बागभञ्ज्याङ, शीतलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, बन्दीपुरको तीनधारा जुनडाँडा, साराङघाट, ग्याजाटार, भानुको खहरे, भन्सार, आँबुखैरेनीको छापस्वाँरा र मिलनचोकमा ट्रान्सफर्मर थप भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल