२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बडिमालिकामा केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन

२०७६, १९ भाद्र बिहीबार ०६:१२

भदौ १९, बाजुरा | सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकामा केबलकार सञ्चालनका लागि सम्भाव्यता सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबलकार सञ्चालनका लागि सम्भाब्यता अध्ययन सुरु गरेको हो ।

बडिमालिका नगरपालिका मेयर पदम बढुवालले सम्भाव्यता अध्ययनसंगै विस्तृत परियोजना प्रतिवेदन तयार पार्नका लागि चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको बताए। नगरपालिकाले केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कार्य सुरु गर्दै लगानिकर्तासंग छलफल गरिरहेको छ, मेयर बढुवालले भने, प्रदेश र संघीय सरकारसँग पनि छलफल अगाडी बढाएका छौ। बडिमालिका ६ बुढाकोर्द गाउँलाई आधार बनाएर बडिमालिकाको लौरी बिनायक सम्म केबलकार निर्माण गर्ने योजना अघि सारिएको उनले बताए।


बुढाकोर्द बडिमालिका जाने पदमार्ग हो। सदरमुकाम मार्तडीदेखि उक्तगाउँ ९ किलोमिटर टाढा छ। प्रारम्भिक अध्ययनले केबलकारको दूरी ४ दशमलव ८६ किलोमिटर हुने देखिएको रिडा कम्पनीका अनुसन्धानकर्ताले बताए। लौरी विनायकबाट बडिमालिकाको त्रिवेणी पुग्न २ घण्टा लाग्दै आएको स्थानियले वताएका छन्।

बडीमालिकामा यातायात र अन्य सुविधाको अभावमा पर्यटक सास्ती खेप्न बाध्य छन्। केबलकार सञ्चालन भए यस क्षेत्रको आर्थिक विकासले कोल्टे फेर्ने उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले बताए। बडिमालिकामा मुख्यपूजा जनैपूर्णिमाको अघिल्लो दिन गरिन्छ।

बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वातावरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ। २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन्। आर्थिक बर्ष २०७४/०७५ मा सुदूरपश्चिम प्रदेश सरकारले पनि बडिमालिकामा केबलकार बनाउने नीति तथा कार्यक्रममा पाश गरेको थियो।

तर प्रदेश सरकारले भने कुनै पनि प्रक्रिया अगाडी बढाएको छैन्। तत्कालिन जिल्ला विकास समितिले गुरुयोजनामा पनि केबलकार सञ्चालन गर्ने राखेको थियो तर कुनै प्रक्रिया अगाडी बढ्न सकेको थिएन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी