२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्ज उपमहानगरपालिकामा केहि दिनमा गुड्दैछ नगर बस: महिला कन्डक्टरले सेवा दिने

२०७६, २५ भाद्र बुधबार ०८:३२

भदौ २५, बाँके | नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ । 

स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा परिचालक ‘कन्डक्टर’ महिला हुने छन् । काठमाडौँका चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिने भए पनि मोफसलमा सम्भवत नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक यो काम शुरु गर्न लागेको हो । 

नगरप्रमुख डा धवलशमशेर राणाले भन्नुभयो, “हाम्रा दिदी बहिनी कहाँ कम छन् र रु जस्तोसुकै काम पनि गर्न सक्नुहुन्छ भन्ने देखाउनका लागि यो काम शुरु गर्दैछौँ ।” महिला सशक्तीकरणका उक्त काम उदाहरणीय हुने प्रमुख डा राणाको बुझाइ छ । महिलाले घरको चुलो चौकाको काम सीमित हुनुपर्छ भन्ने कही नलेखेको उहाँले बताउनुभयो । 

उपमहानगरपालिकाले सातवटा नगरबस खरीद गरेको छ । ती बसमा परिचालक मात्र होइन, चालक नै महिला राख्ने योजना बनाएको उपमहानगरपालिकाले त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिएको छ तर अझै तयार बनाउनसमेत लाग्ने भएकाले तत्काललाई परिचालक मात्र राख्न लागिएको हो । 


प्रमुख राणाले भन्नुभयो, “अहिले परिचालक नै पछि गएर चालक बन्न सक्छन् । उहाँहरु परफेक्ट भए पछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” उपमहानगरपालिकाले परिचालकका लागि आवेदन माग गरी अन्तर्वार्ताका लागि तयारी गरिरहेको छ । मधेशी, मुस्लिम, जनजाति महिलालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । 

“कुनै बेला आफ्नो गाडीको चालकका रुपमा महिला राखेका थिए । त्यसबेला महिलाले गाडी चलाएको देख्दा अनौठो मानिन्थ्यो”, प्रमुख डा राणाले भन्नुभयो, “अहिले ती बहिनी एउटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा चालक छन् ।” महिलालाई अवसर दिने हो भनेजस्तो पनि काम गर्न सक्ने उहाँले बताउनुभयो । 

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले नगर बस सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यविधि तयार भइसकेको छ । बसका टिकट छपाइ पनि सकिएको छ । महिला कण्डक्टर नियुक्तिका लागि लिइएको परीक्षाको नजिता पनि केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको छ । नतिजा आएपछि बस सञ्चालनमा आउँछन् ।” 

सूचना अधिकारी पौडेलका अनुसार असोज पहिलो साताभित्रै नगर बस सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल