७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्ज उपमहानगरपालिकामा केहि दिनमा गुड्दैछ नगर बस: महिला कन्डक्टरले सेवा दिने

२५ भाद्र २०७६, बुधबार ०८:३२

भदौ २५, बाँके | नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ । 

स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा परिचालक ‘कन्डक्टर’ महिला हुने छन् । काठमाडौँका चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिने भए पनि मोफसलमा सम्भवत नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक यो काम शुरु गर्न लागेको हो । 

नगरप्रमुख डा धवलशमशेर राणाले भन्नुभयो, “हाम्रा दिदी बहिनी कहाँ कम छन् र रु जस्तोसुकै काम पनि गर्न सक्नुहुन्छ भन्ने देखाउनका लागि यो काम शुरु गर्दैछौँ ।” महिला सशक्तीकरणका उक्त काम उदाहरणीय हुने प्रमुख डा राणाको बुझाइ छ । महिलाले घरको चुलो चौकाको काम सीमित हुनुपर्छ भन्ने कही नलेखेको उहाँले बताउनुभयो । 

उपमहानगरपालिकाले सातवटा नगरबस खरीद गरेको छ । ती बसमा परिचालक मात्र होइन, चालक नै महिला राख्ने योजना बनाएको उपमहानगरपालिकाले त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिएको छ तर अझै तयार बनाउनसमेत लाग्ने भएकाले तत्काललाई परिचालक मात्र राख्न लागिएको हो । 


प्रमुख राणाले भन्नुभयो, “अहिले परिचालक नै पछि गएर चालक बन्न सक्छन् । उहाँहरु परफेक्ट भए पछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” उपमहानगरपालिकाले परिचालकका लागि आवेदन माग गरी अन्तर्वार्ताका लागि तयारी गरिरहेको छ । मधेशी, मुस्लिम, जनजाति महिलालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । 

“कुनै बेला आफ्नो गाडीको चालकका रुपमा महिला राखेका थिए । त्यसबेला महिलाले गाडी चलाएको देख्दा अनौठो मानिन्थ्यो”, प्रमुख डा राणाले भन्नुभयो, “अहिले ती बहिनी एउटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा चालक छन् ।” महिलालाई अवसर दिने हो भनेजस्तो पनि काम गर्न सक्ने उहाँले बताउनुभयो । 

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले नगर बस सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यविधि तयार भइसकेको छ । बसका टिकट छपाइ पनि सकिएको छ । महिला कण्डक्टर नियुक्तिका लागि लिइएको परीक्षाको नजिता पनि केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको छ । नतिजा आएपछि बस सञ्चालनमा आउँछन् ।” 

सूचना अधिकारी पौडेलका अनुसार असोज पहिलो साताभित्रै नगर बस सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या