७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने

२७ भाद्र २०७६, शुक्रबार १६:४४

भदौ २७, बाँके | शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने बताउनुभएको छ । 

नरैनापुर गाउँपालिकामा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० वर्षभित्र हुलाकी शहरका रुपमा विकास गर्न प्रत्येक वर्ष रु एक अर्बका दरले बजेट छुट्याइने बताउनुभयो ।

गत आवमा नरैनापुरका ३०० घरलाई फुसरहित बनाउन बजेट विनियोजन गरिएको बताउँदै मन्त्री राईले अबको तीन वर्षभित्र सबै घरलाई फुसरहित बनाइने दाबी गर्नुभयो ।

मन्त्री राईले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा कुनै कमी हुन नदिइने बताउनुभयो । 

पन्ध्र श्ययाको अस्पताल बनेपछि नरैनापुरवासीले उपचारको लागि नेपालगञ्ज पुग्न नपर्ने मन्त्री राईको भनाइ थियो । उहाँले सरकारले नरैनापुरलाई जोखिमयुक्त बस्ती घोषणा गरेर काम गर्ने बताउनुभयो ।

रु तीन करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्र भवन निर्माणका लागि २०६८ भदौ २० गते १८ महीनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको सङ्घीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताउनुभयो । 

उहाँका अनुसार, भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ ।

प्रतिफल प्राप्त हुने गरी अनुदान दिइने

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले कृषिमा प्रतिफल प्राप्त हुने गरी अनुदान दिने बताउनुभयो ।नेपालगञ्जमा साना किसानको पश्चिमस्तरीय क्षेत्रीय सम्मेलनमा मन्त्री केसीले सरकारले प्रदेश नं ५ को कृषिको उत्पादकत्व र उत्पादनका लागि किसानका जस्तोसुकै समस्या समाधानका लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब किसानले उत्पादन गर्ने र सरकारले बजारीकरणका लागि सहयोग गर्ने छ ।’’

विदेशबाट आयात हुने सामानहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न सके मात्र राष्ट्र समृद्ध हुने उल्लेख गर्नुभयो । 

प्रदेश नं ५ सरकारले ठाउँ विशेषको उत्पादनलाई पनि प्रोत्साहन गर्न तयार रहेको मन्त्री केसीले बताउनुभयो । प्रदेशका ५२ वटा स्मार्ट कृषिमा गरिएको लगानी र कृषकको मेहनत यस वर्ष परिणाममा देखिने समेत उहाँको दाबी छ । 

प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका गरी एक सयभन्दा बढी साना किसानको सहभागिता रहेको कार्यक्रममा प्रदेश नं ५ का प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर योजना बनाएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी