२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठूलो पहिरो आएपछि साँफे–मार्तडी सडक अवरुद्ध

२८ भाद्र २०७६, शनिबार १५:०३

भदौ २८, बाजुरा | जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ । शुक्रबार राति आएको पहिरोलाई आज बिहान हटाइए पनि मध्यान्ह पुनः ठूलो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अम्कोटमा आज बिहान आएको पहिरो पन्छ्याएको भए पनि एकैचोटी ठूलो पहिरो आएकाले जेसिवीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुङ्गानाको भनाइ छ । सडकको माथिबाट लगातार पहिरो खस्ने कार्य नरोकिएकाले आजै सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो । पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतबार सडक मर्मत गरी पुनः सञ्चालन हुने बताइएको छ ।

भारी वर्षाका कारण सडकमा पटकपटक पहिरो जान थालेपछि यात्रुहरुलाई सास्ती भोग्नुपरेको छ । सडक अवरुद्ध भएको बहाना देखाउँदै यातायात व्यवसायीले चर्को भाँडा असुल्ने गरेका छन् । यस राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधनसमेत सञ्चालनमा अवरोध पुगेको यातायात व्यवसायी देवेन्द्र नाथले बताउनुभयो । बाटो खुलाउनका लागि निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानासहितको टोली खटिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य