२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माणाधिन छरछरे खानेपानी योजनाको वडा अध्यक्ष श्रीसद्धार अनुगमनः एक घर एक धारा निर्माण हुने

२०७६, ३० भाद्र सोमबार ०२:३१

हेम विश्वकर्मा | हादु ३०, गल्कोट/बागलुङ | व्यवस्थित सहरबजार जस्तै गल्कोट नगरपालिका ११ रिघाको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । बागलुङको गल्कोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५५ घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो । 

गाउँमा सञ्ंचालित फेदि छरछरे खानेपानि आयोजनामार्फत गाउँका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको झन्डै ७० प्रतिशत काम सम्पन्न भइसकेको अनुगमनकाक्रममा जानुभएका सोही वडाका वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिनुभएको छ । 


अहिलेसम्म धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका फेदीबासीहरु अब भने लाभान्वित हुने भएका छन् । वडा अध्यक्षको पहलमा गण्डकी प्रदेश पुर्बाधार बिकास मन्त्रालयको आर्थिक सहयोगमा खानेपानी आयोजना विस्तार हुनेभएपछि त्यहाँका कुमाल समुदायमा जनप्रतिधि प्रतिको बिस्वास बढेको स्थानिले बताएका छन् । 

अहिले आयोजनाको काम धमाधम भइरहेको छ । आर्थिक बर्ष ०७५/७६ बाट सुरु भएको बहुबर्षे योजना यसै आर्थिक वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा काम सञ्चालन भइरहेको बताइएको छ । 


गत बर्ष प्रदेश सरकारबाट ३५ लाख विनियोजन भएकोमा लक्ष्यभन्दा बढी ७४ लाखको काम भएको र चालु बर्षमा ५ लाख विनियोजन भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चित्र बहादुर राना कुमालले जानकारी दिनुभयो । अहिले पाइपलाई विस्तार र विभिन्न ट्याङ्की तथा धारा निर्माण गर्ने काम भइरहेको छ । एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनाका काम द्रुत गतिमा अगाडि बढिरहेको कुमालले बताउँनुभयो । 

यसैबिच आजै रिघा झारसादि मजुवा अरले मनेवापाटा खानेपानी आयोजनाको पनि वडा अध्यक्ष श्रीस लगाएतको टोली र उपभोक्ता समितिले छलफल तथा अनुगमन गरेको छ । सो योजना भने संघिय सरकारबाट छनोट भएको योजना हो । जसको ५० प्रतिशत काम सम्पन्न भएको र ७० घरधुरी लाभाम्बित हुने वडा अध्यक्ष श्रीसले बताउँनुभयो । 

यस्तै हिउँद लाग्नेबित्तिकै खानेपानीको समस्या झेल्दैआएका ठुलो रिघा लगाएतका  स्थानहरुमा लिफ्टिङ्ग प्रबिधिबाट पानि ल्याउने योजना रहेको वडा अध्यक्ष श्रीसको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी