४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ५ वटा नाकामा छैनन् भन्सार कार्यालय, तिब्र राजस्व छली

६ आश्विन २०७६, सोमबार १०:२५

दार्चुला ६, असोज | दार्चुलामा नेपाल–भारत सीमा जोड्ने ६ वटा नाका सञ्चालनमा छन् । तर, हालसम्म पाँच वटा नाकामा भन्सार कार्यालय स्थापना गरिएको छैन । छोटी भन्सार कार्यालय स्थापना नहुँदा जिल्लाका पाँच वटा नाकाबाट राजस्व छली भइरहेको छ ।

सशस्त्र द्वन्द्वकाल अघि जिल्लाका चार ठाउँमा छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए । द्वन्द्वको समयमा सुरक्षाका कारण देखाउँदै विस्थापित भएका भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसक्दा नाका खुला छन् ।

द्वन्द्वकालअघिदेखि नै सीमा नाका जोडिएको उत्तरी नाकाको सीतापुल, दक्षिणी क्षेत्रमा रहेका दत्तु र जौलजीविमा छोटी भन्सार कार्यालय राखिएको थियो । हाल यी तीन नाकामा भन्सार छैन । अहिले सदरमुकाम खलङ्गामा मात्रै छोटी भन्सार कार्यालय छ ।

पछिल्लो समय तुइन विस्थापन कार्यक्रमअन्तर्गत व्यास गाउँपालिकाको वडा नं ५ तिगरम र लेकम गाउँपालिका– ३ लालीमा दुई वटा झोलुङ्गे पुल थपिएका छन् । यो सँगै जिल्लामा छ वटा सीमा नाका वैधानिक छ । थप तीन क्षेत्रमा तुइन विस्थापन गर्दै झोलुङ्गे पुल लगाउने तयारी छ । तर यी क्षेत्रमा झोलुङ्गे पुलसँगै भन्सार कार्यालय नहुँदा यस क्षेत्रमा खुलेआमरुपमा सामान ओसारपसार हुनेक्रम बढेको छ ।

सरकारले भन्सारमार्फत राजस्व बढाउने नीति लिए पनि दार्चुलाबाट विस्थापित भन्सार पुनःस्थापना गर्न पहल गरेको छैन । त्रिदेशीय सीमामा रहेको सीतापुल तिङ्कर छोटी भन्सार कार्यालय विसं २०५७ मा विस्थापित भएको हो ।

भन्सार विस्थापित भएको दशक बढी भइसकेको छ । “विस्थापित भन्सार पुनःस्थापना गर्न मन्त्रालयले नै निर्णय गर्नुपर्ने हुन्छ”, छोटी भन्सार कार्यालय दार्चुलाका निमित्त प्रमुख नरसिंह बडालले भने । त्रिदेशीय सीमा तिङ्करसँग भारतीय बजार र चीनको स्वसाशीत क्षेत्र तिब्बत सीमा हो । तिब्बतबाट निर्यात आयात हुने वस्तुको भन्सार उठाउँन नसक्दा वर्षेनी राज्यले राजस्व गुमाउनु परेको छ ।

राज्यको नियमित उपस्थितिका रुपमा नेपाल प्रहरी मात्र सीमा नाकामा छ । सीमित स्रोत साधनका बीच नेपाल प्रहरी बसेपनि भन्सार राजस्व सङ्कलन गर्न कर्मचारी नहुँदा राजस्व चुहावट हुने गरेको छ ।

हालसम्म पुनःस्थापना भएका भन्सार स्थापना गर्न र नयाँ भन्सार थप्ने कुनै गृहकार्य नभएको छोटी भन्सार कार्यालय दार्चुलाका नायब सुब्बा दिल्लीराज सुवेदीले बताए । उनले भने, “माथिबाटै निर्णय नभएपछि पुनःस्थापना हुने कुरा भएन ।” भन्सार स्थापनाका लागि भारत सरकारलेसमेत पहलकदमी नगर्दा नेपालतिरका भन्सार पुनःस्थापना हुन नसकेको सुवेदीले बताए । “दुवै देशले भन्सार राख्नुपर्छ, एकतर्फी भन्सार कार्यालय राखेर पनि हुँदैन”, सुवेदीले भने ।

नेपाल–भारत सीमा नाका सीतापुलमा छोटी भन्सार नहुँदा भारतबाट आएका शिलबन्दी सामान विनाजाँच सिधै चीनको तिब्बत जाने गरेका छन् । घोडा खच्चरमा उत्तैबाट ‘लोड’ गरी ल्याउने र विनाजाँच सिधै तिब्बती नाका सामान निर्यात हुने गरेको स्थानीयको भनाइ छ ।

जिल्लाको मुख्य दोस्रो नाका सीतापुलबाट वर्षमा चैतदेखि मङ्सिर महीनासम्म विभिन्न किसिमका सामग्री आयातनिर्यात गर्न सकिन्छ । “विसं ०५७ सालअघिसम्म नेपालकै बाटो भएर तिब्बतका सामग्री सदरमुकाम खलङ्गा आउथ्यो”, व्यासका स्थानीय लोकराज भट्टले भने, “अहिले सो क्षेत्रमा जान नेपालको बाटो मर्मत हुन नसक्दा जोखिमपूर्ण छ ।”

पाँच वर्षयता तिङ्कर नाका भएर वैधानिकरुपमा सामान नआएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । “भन्सार कार्यालय विस्थापित भएपछि केही समय खलङ्गाबाटै राजस्व काटिएको हो”, भन्सार कार्यालयका एक कर्मचारीले भने, “पछिल्लो समय यो नाकाबाट सामान आए नआएको जानकारी हुँदैन ।”

अहिले भारत र चीनबीच दोक्ला नाका सञ्चालनको सहमतिपछि चीनको सामान सिधै भारत निकासी हुने गरेको हुनसक्ने भन्सारका कर्मचारी बताउँछन् । खलङ्गामा रहेको भन्सार नाकाले मात्रै अहिले राजस्व उठाउने गरेको छ । सदरमुकाम खलङ्गाको मूल भन्सार कार्यालय बैतडीका झुलाघाटमा रहेको छ । दत्तु जोलजीवी, लाली र तिङ्करमा भन्सार कार्यालय नहुँदा यहाँबाट सामान आयातनिर्यात गर्ने व्यापारी तथा स्थानीयले बेलाबेलामा समस्या भोग्नुपरेको स्थानीय गोपालसिंह विष्टले बताए । दैनिक सयौँको सङ्ख्यामा मानिसको यी नाकामार्फत आवतजावत हुन्छ । अधिकांश सामान नेपाली बजारमा भारतबाटै आउँछ । तर, भन्सार नहुँदा राजस्व चुहावट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ