७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

११ आश्विन २०७६, शनिबार १३:३८

असोज ११, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७५/०७६ को सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न गरेको छ । गत वर्ष भए/गरेको आम्दानी खर्च, तथा अन्य अतिविधिहरुको बार्षिक प्रगति विवरणको समिक्षा, गुनासो तथा सुझावको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।


सार्वजनिक सुनुवाइ कार्यक्रमहरुमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, शिक्षक, वुद्धिजिवि, व्यापारि, उपभोक्ता समितिका पदाधिकारीहरु, निर्माण व्यवसायी र आम नागरिकहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाको समग्र विषयहरुमा उठेका जिज्ञाशाहरुको जवाफ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, उपाध्यक्ष बागमति क्षेत्रीनी, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, वडा अध्यक्षहरु, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पाका मेडिकल अधिकृत प्रकृति भट्टराई र विभिन्न शाखाका प्रमुखहरुले दिनुभएको थियो ।


सार्वजनिक सुनुवाइ कार्यक्रममा केहि वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु सहभागी नहुदा वडा माथि उठेका प्रश्नका जिज्ञासाहरु सामाधान हुन सकेको थिएन भने सहभागीहरुबाट उठेका प्रश्नहरुको जिज्ञासालाई मेटाउदै गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो, जनताहरुले हामिलाई जनताको सेवा गर्न पठाएको हुँदा हामि जनतासँग भाग्न मिल्दैन स्थानिय सरकारले गरेका हरेक क्रियाकलापहरु आम नागरिकले थाहा पाउने गरि सार्वजनिक हुनुपर्छ त्यसैले आज हामिले यो कार्यक्रम गरेको हौँ । हामिलाई जनताले जिम्मा दिइसकेपछि टाउको थाप्न सक्ने हिम्मत हामिले लिनुपर्छ र आम नागरिकहरुले स्थानिय सरकारबाट भएको गतिविधि पारदर्शिरुपबाट थाहा पाउनुपर्छ अध्यक्ष घर्तीले भन्नुभयो ।


उक्त सार्वजनिक सुनाइ कार्यक्रमको प्रत्येक्ष प्रशारण रेडियो रोल्पा, रेडियो जलजला र रेडियो मालश्रीले गरेको थियो, समन्वय स्ट्रोम फाउण्डेसन, नेपाल, साहस नेपाल, रोल्पाले गरेको थियो, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आयोजनामा भएको सार्वजनिक सुनाइ कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख केशवराज पोख्रले गर्नुभएको थियो भने सहजिकरण रेडियो मालश्रीका प्रशासनिक प्रमुख गणेश के.सी.ले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या