२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अटेरी गर्ने सहकारीहरुलाई काबार्हीको दायरामा ल्याउँछौ- पंगेनी

२०७६, १२ आश्विन आईतवार ०२:०३



पर्वत / कुस्मा नगरपालिका भित्र सञ्चालित सहकारी संस्थामा बेथिती बढेको गुनासो आइरहेका बेला नगरपालिकाले अटेरी गर्ने सहकारीहरुलाई काबार्हीको दयरामा ल्याउने चेतावनी दिएको छ । 

कुस्मामा सञ्चालित नव सहारा वचत तथा ऋण सहकारी संस्थाको चौथो साधारसभा तथा दोस्रो अधिबेशनको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले सो चेतावनी दिएका हुन । 

सहकारी ऐन नियम विपरित सञ्चालन भएका र बैकिङ्ग कसुर सम्बन्धी अपराध गरेका सहकारीहरुलाई खारेज समेत गर्न सक्ने अधिकार नगरपालिकामा भएकाले नियमन गर्न थालेको पंगेनीको भनाई छ । ‘सहकारी बिभागले गर्न सक्ने सबै काम नगरपालिकाले गर्ने अधिकार छ’ उनले भने ‘गलत गर्नेहरु काबार्हीको दायरामा आउँछन, राम्रो गर्नेहरुलाई प्रोत्साहन गरिन्छ’ नगरपालिकाले सहकारीको प्रोफाइल बनाउने काममा समेत केही सहकारीले अटेरी गरेको आरोप प्रमुख प्रशासकिय अधिकत पंगेनीको छ । कुस्मा नगरपालिका भित्र जथाभावी रुपमा सहकारी खोल्ने प्रतिष्पर्धा चलेपछि कार्यपालिकाको बैठक गरेर दर्ता प्रकृया स्थगन गरेको छ ।



उक्त उद्घाटन कार्यक्रममा तत्कालिन प्रेस चौतारी नेपालका पुर्ब बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा , बिकास एकिकृत बचत तथा ऋण सहकारीका अध्यक्ष ढाकारा गौतम, सहकारीका कोषाध्यक्ष राजकुमार बस्नेत, लेखा संयोजक शंकर भारती लगायतले मन्तब्य ब्यक्त गरेका थिए । उद्घाटन कार्यक्रम अध्यक्ष शंकर गिरीको अध्यक्षता र सचिब मिनराज केसीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा उत्कृष्ट बचतकर्ता एञ्जल कर्माचार्यलाई सम्मान पनि गरिएको थियो । 

नवसहारा बचत तथा ऋण सहकारी संस्थाको अधिकृत पुंजी ६५ लाख १३ हजार ७ सय छ भने कर्जा लगानी ७९ लाख ५० हजार ७ सय ९० रहेको छ । शेयर सदस्य ६८ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित