७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अटेरी गर्ने सहकारीहरुलाई काबार्हीको दायरामा ल्याउँछौ- पंगेनी

१२ आश्विन २०७६, आईतवार ०२:०३



पर्वत / कुस्मा नगरपालिका भित्र सञ्चालित सहकारी संस्थामा बेथिती बढेको गुनासो आइरहेका बेला नगरपालिकाले अटेरी गर्ने सहकारीहरुलाई काबार्हीको दयरामा ल्याउने चेतावनी दिएको छ । 

कुस्मामा सञ्चालित नव सहारा वचत तथा ऋण सहकारी संस्थाको चौथो साधारसभा तथा दोस्रो अधिबेशनको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले सो चेतावनी दिएका हुन । 

सहकारी ऐन नियम विपरित सञ्चालन भएका र बैकिङ्ग कसुर सम्बन्धी अपराध गरेका सहकारीहरुलाई खारेज समेत गर्न सक्ने अधिकार नगरपालिकामा भएकाले नियमन गर्न थालेको पंगेनीको भनाई छ । ‘सहकारी बिभागले गर्न सक्ने सबै काम नगरपालिकाले गर्ने अधिकार छ’ उनले भने ‘गलत गर्नेहरु काबार्हीको दायरामा आउँछन, राम्रो गर्नेहरुलाई प्रोत्साहन गरिन्छ’ नगरपालिकाले सहकारीको प्रोफाइल बनाउने काममा समेत केही सहकारीले अटेरी गरेको आरोप प्रमुख प्रशासकिय अधिकत पंगेनीको छ । कुस्मा नगरपालिका भित्र जथाभावी रुपमा सहकारी खोल्ने प्रतिष्पर्धा चलेपछि कार्यपालिकाको बैठक गरेर दर्ता प्रकृया स्थगन गरेको छ ।



उक्त उद्घाटन कार्यक्रममा तत्कालिन प्रेस चौतारी नेपालका पुर्ब बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा , बिकास एकिकृत बचत तथा ऋण सहकारीका अध्यक्ष ढाकारा गौतम, सहकारीका कोषाध्यक्ष राजकुमार बस्नेत, लेखा संयोजक शंकर भारती लगायतले मन्तब्य ब्यक्त गरेका थिए । उद्घाटन कार्यक्रम अध्यक्ष शंकर गिरीको अध्यक्षता र सचिब मिनराज केसीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा उत्कृष्ट बचतकर्ता एञ्जल कर्माचार्यलाई सम्मान पनि गरिएको थियो । 

नवसहारा बचत तथा ऋण सहकारी संस्थाको अधिकृत पुंजी ६५ लाख १३ हजार ७ सय छ भने कर्जा लगानी ७९ लाख ५० हजार ७ सय ९० रहेको छ । शेयर सदस्य ६८ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल