७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

६ कार्तिक २०७६, बुधबार ०६:०१

कातिक ६, सोलुखुम्बु | थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । 

अधिकृत राईका अनुसार करीब रु ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो । गाउँपालिकाको भवन निर्माण गर्नेबेला मौखिकरूपमा सहमति भएअनुसार गाउँपालिकाको नाममा रजिष्ट्रेशन पास भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । स्थानीय समाजसेवी गुरुङले १७.५ रोपनी जग्गा कानूनीरूपमा गाउँपालिकाको नाममा पास गरिदिएको अध्यक्ष राईले बताउनुभयो । सानो सहयोगले सिङ्गो गाउँपालिकाको विकासका लागि टेवा पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता गुरुङको भनाइ छ ।

गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त जग्गामा एक वर्षअघि नै गाउँपालिकाको सुविधासम्पन्न भवनसमेत निर्माण भइसकेको छ । यसअघि गाउँपालिकाले व्यक्तिको नामको जग्गामा सरकारी भवन बनाएको आरोपसमेत लागेको थियो । आफूहरुले गाउँपालिकाको नाममा दिइसकेको जग्गामा केही व्यक्तिले अनावश्यक विवाद गरेको जग्गादाता एकाबहादुरका छोरा जीवन गुरुङले गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी