१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पत्रकार साथीहरु, आफ्नो जीवनलाई कल्पना गर्नुहोस, दुर्घटना भयो भने सहारा कसले प्रदान गर्छ ?’

७ कार्तिक २०७६, बिहीबार १८:४९

मनोज पराजुली, कात्तिक ८, काठमाडौं । 

समय : विहिबार दिउँसो २ बजे पश्च्यात 

स्थान : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 

श्रम मन्त्रालय परिसरमा सामान्य अरु दिनभन्दा अलि बढी नै चहलपहल थियो, नहोस पनि किन ? श्रम मन्त्रालयले राखेको पत्रकार सम्मेलन । पछिल्लो समय पत्रकारिता विटकै रुपमा स्थापित हुँदै गएको श्रम क्षेत्र, जसका लागि रिपोर्टिंङ्ग गर्न जम्मा भएका पत्रकारहरुले भरि भराउन थियो, मन्त्रालयको सभाहल । कार्यक्रमको उदेश्य थियो, सरकारले कार्यन्वयनमा ल्याएको सामाजिक सुरक्षा कार्यक्रमबारे पछिल्लो जानकारी दिने ।

२ बजेलाई तोकिएको पत्रकार सम्मेलन करिब आधा घण्टा ढिलोगरि शुरु भयो, शुरुमै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषका तर्फबाट तयार गरिएको प्रेस विज्ञप्ति पढेर सुनाए । जसको मुख्य आशय थियो, सामाजिक सुरक्षा कोषमा रोजगारदाता तथा श्रमिकहरु सूचिकृत हुनका लागि एक महिना समय थपिएको बारे ।

गत असोज मसान्तसम्म कोषमा सूचिकृत भइसक्नुपर्ने समयमा सोचे अनुसार रोजगारदाता सूचिकृत नभएपछि कात्तिक १३ देखि मंसिर १३ सम्म लागू हुनेगरी कोषमा सूचिकृत हुन समय थप गरिएको जानकारी दिइयो । त्यस्तै कोषमा असोज मसान्तसम्म ८ हजार ८ सय १८ रोजगारदाता तथा १ लाख ९ सय ६८ योगदानकर्ता कोषमा सूचिकृत भएको जानकारी दिंदै कोषका कार्यकारी निर्देशक ज्ञवालीले योगदानकर्ताको ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भएको बताए ।

२ उदाहरण :  कोषबाट दुई परिवारले लिए सुविधा

सामाजिक सुरक्षा कोषबारे सकारात्मक भन्दा पनि बढी नकारात्मक टिप्पणी भैरहेका बेला कोषको फाइदा बारे २ उदाहरण पस्तुत गरियो । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आएपछि यसको लाभ २ जनाको परिवारले लिएको कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा. लि. मा कार्यरत योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र अर्का योगदानकर्ता कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङका परिवारले कोषबाट सुविधा लिन थालेका उनले बताए । मोक्त्तानको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

निजका आश्रित परिबारलाई सामाजिक सुरक्षा योजना अन्तर्गत अन्तिम दाहसंस्कार खर्च बापत २५ हजारका दरले र मासिक निवृतिभरण वापत क्रमश १७ हजार १ सय र १० हजार २ सय (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) पाउने प्रक्रिया अगाडि बढेको र पछि यो रकम बढ्ने ज्ञवालीले जानकारी दिए । उनीहरूले जम्मा गरेको योगदान रकम मध्ये वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको संकलित रकम तथा प्रतिफलसमेत जोडि हुन आउने रकम एकमुष्ट प्रदान गर्ने ज्ञवालीले बताए ।

ज्ञवालीले प्रेस विज्ञप्तिमा लेखिएका कुरा पढेर सुनाए लगत्तै सामाजिक सुरक्षा योजनाबारे पत्रकारहरुलाई आफ्ना जिज्ञासा राख्न भनियो र लगत्तै पत्रकारहरुबाट प्रश्न तेर्सिन थाले । श्रम मन्त्रालयका सचिव बिनोद केशी, सहसचिव रामप्रसाद घिमिरे र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पत्रकारहरुको ति प्रश्नहरु/जिज्ञासाको सम्बोधन गर्ने प्रयास गरे ।

अन्त्तिममा जब बोल्ने पालो आयो, श्रममन्त्री गोकर्ण विष्टको,

उनले कोषबाट हालसम्म २ परिवारले सुविधा पाएको उदाहरण दिंदै हलभरि रहेका पत्रकारहरु तिर हेर्दै, जब पत्रकारहरुकै भविष्य बारे आकलन गर्दै कुरा अगाडी बढाउँदै गए , जसबाट पत्रकारहरुलाई आफ्नै भविष्य बारे सोच्न बाध्य बनायो । 

उनले भन्दै गए …पत्रकार साथीहरु, आफ्नो जीवनलाई कल्पना गर्नुहोस, तपाईहरुको जीवनमा दुर्घटना भयो, बिरामी हुनुभयो भने साहारा कसले प्रदान गर्छ ? सायद मन्त्रीले सामाजिक सुरक्षा कोषमा मिडिया हाउसहरु आवद्ध नभएको तर्फ संकेत गर्दै थिए । हुन् पनि कोषमा आवद्ध हुने मिडिया हाउसको उपस्थिति न्यून नै छ । मिडिया हाउस नै कोषमा सूचीकरणमा नगएपछि ति संस्थामा काम गर्ने पत्रकारको सामाजिक सुरक्षा होस् पनि कसरी ? यस्तो अवस्था श्रममन्त्री विष्टलाई पत्रकारको भविष्यको चिन्ता लाग्नु स्वभाविक नै थियो ।

जसले काम गरेर जीवन निर्वाह गर्ने गर्दछन त्यस्ता श्रमिकहरुको लागि सुरक्षा कार्यक्रम ल्याएको हो, श्रममन्त्री विष्टले भने 'चाहे श्रमजीवि पत्रकार या निजी क्षेत्रमा काम गर्ने बौद्धिक श्रमजीवीहरु, चाहे शारीरिक श्रम गर्ने श्रमिकहरु हुन् । उहाँहरुको जीवनमा जुन प्रकारको जोखिम छ, त्यसलाई न्यूनीकरण गर्ने उदेश्यले समाजिक सुरक्षा कार्यक्रम आएको छ, श्रमिकको जोखिमपूर्ण जीवनको अन्त्य गर्ने उदेश्यका साथ सामाजिक सुरक्षा कार्यक्रम ल्याएका हौं । दुनियाका देशमा यस्ता कार्यक्रम चुनौतीका विच अगाडी बढ्ने गर्दछन् ।'

श्रमिकलाई तलब दिन परेन, सुविधा दिन परेन भने स्वाभाविक रुपमै श्रमिकलाई काममा लगाउनेहरु त खुसि हुनु स्वाभाविक नै हो, मन्त्री विष्टले भने 'यो भन्दा ज्यादा महत्वपुर्ण प्रश्न भनेको जसले जवानीमा काम गर्नुहुन्छ, तर निरन्तर काम गरिसकेपछि जब उहाँहरुलाई आपत आइलाग्छ, बिरामी पर्ने, दुर्घटना हुने, अपांग हुने, मृत्यु हुने अवस्था आइलाग्छ, त्यस्तो अवस्थामा सहारा कसले दिन्छ, यो प्रश्न आज तपाईहरु (पत्रकारहरु) को पनि प्रश्न हो ।'

तपाईहरुले एक छिनमा यो हलबाट बाहिर गईसकेपछि आफ्नो भविष्यबारे सोच्नुहोस् पत्रकारलाई लक्षित गर्दै मन्त्री विष्टले भने 'आफ्नो जीवनलाई कल्पना गर्नुहोस, तपाईहरुको जीवनमा दुर्घटना भयो भने बिरामी हुनुभयो भने सहारा कसले प्रदान गर्छ ? 

विगतमा भएका पत्रकारका घटनाबारे केहि उदाहरण दिंदै उनले भने 'अहिले जवानीमा पत्रकारिता गर्ने कतिपय पत्रकारहरु, लामो अवधिसम्म पत्रकारिता गर्नेहरु उपचारको लागि हात फैलाउने बाध्यता रहेको मैले देखेको छु । ६०/६५ वर्ष भयो, जीवनभर पत्रकारिता गर्यो, महिनाको तलब थाप्यो, जसले जीवन गुजारा चल्दैन, जब बिरामी अवस्था पर्यो न त, पैतृक सम्पत्ति छ, न कुनै सहारा छ ।'

पत्रकार साथीहरु, तपाईहरु, जति यो हलमा उपस्थित हुनुहुन्छ, आज तपाईहरु जवान हुनुहुन्छ, मन्त्री विष्टले भने 'तर एक पटक ठण्डा दीमागले भर्याङबाट चड्दा/ झर्दाको कल्पना गर्नुस् तपाइको जीवनमा आपत आइलाय्गो भने त्यसको साहारा के हुनसक्ला ? तपाईहरु जवानीमा मोटरसाइकल चलाउनुहुन्छ, पैदल हिड्नुहुन्छ, कतिपय गाडी चलाउनुहुन्छ होला तर जब तपाईहरु बृद्ध अवस्थामा प्रवेश गर्नुहुनेछ तब बाचुन्जेल बाँच्ने साहारा के हुन सक्दछ ? यो कुराको लागि आज केहि न केहि सुरक्षाको आधार हुन जरुरी छ, कि छैन ? यदि भर्याङबाट झर्दा सुरक्षाको आधार जरुरी छैन भन्ने निष्कर्षमा तपाईहरु सिंहदबार गेटसम्म पुग्दा एक जना मात्रै साथी त्यो निष्कर्षमा पुग्नुभयो भने भोलि यो हलमा आइदिनुहोला, भोलि छलफल गरौंला । जब तपाई त्यो निष्कर्षमा पुग्नुहुन्छ, तब हामीले यो आवश्यकता रहेनछ भन्ने आभास गरौंला ।' 

श्रम मन्त्रीको सम्बोधनसंगै पत्रकारहरु खाजा खाने समय शुरु भयो, जब पत्रकारहरु खाजा खाएसंगै आ-आफ्ना मिडिया तर्फ लागे तर संयोग श्रममन्त्री विष्टले आधा घण्टा अगाडी हलमा भनेजस्तै एक पत्रकार साथीको खुट्टामा आकष्मिक समस्या देखियो । श्रम मन्त्रालयकै कार्यक्रममा २ घण्टा अगाडी मोटरसाइकलमा आएका पत्रकार साथी जब हिड्न नसक्ने अवस्थामा पुगे । तब अन्य पत्रकार साथीहरुलाई लाग्यो, आखिर जीवन के नै रहेछ र ? अगि मन्त्री ज्यू ले भनेजस्तै भयो, सायद संयोग मिल्यो ।

 पत्रकार साथी हिंड्न नसक्ने अवस्था आएपछि तत्काल श्रम मन्त्रालय मताहतकै गाडीमा राखेर तत्काल उनलाई अस्पताल तर्फ लगियो । रिपोर्टिंङ्गबाट समाचार लेख्न मिडिया हाउस जानुपर्ने पत्रकार रिपोर्टिंङ्ग स्थलबाट नै अस्पताल जानुपर्ने अवस्था आयो । हामीमा जिज्ञासा उत्पन्न भयो, प्रश्न उठ्यो,  के कार्यक्षेत्रमा बिरामी भएको पत्रकारको खर्च मिडिया हाउसले व्यहोर्ला ? जवाफ आयो, केका व्यहोर्नु ? सायद श्रम बिटमा लेख्ने पत्रकारकै यो अवस्था छ, भने अन्यको अवस्था के होला ? अब कहिलेसम्म हामीले अनिश्चित भविष्यको यात्रा गरिरहने ? 

सामाजिक सुरक्षा कोषका फाइदाबारे लेख्ने तर आफ्नै असुरक्षाबारे कहिलेसम्म मौन बसिरहने ?  एक पटक सोच्न बाध्य बनायो यो घटनाले । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित)