Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल अब एक्काइस घण्टा सञ्चालन हुने

२०७६, ३० मंसिर सोमबार १७:४०

मङ्सिर ३०, काठमाडौँ | मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गलगायत जीणोद्वारको दोस्रो चरणको काम सकिएको छ । योसँगै अब अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनयोग्य भएको छ ।

गत भदौ १५ देखि पुस १५ सम्मका लागि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु गरिएको भए पनि निर्धारित समयअघि नै जीर्णोद्वारको काम सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सम्पन्न भएको राससलाई जानकारी दिनुभयो । आगामी ३१ डिसेम्बरदेखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने उहाँको भनाइ छ ।

“विमानस्थल २१ घण्टा सञ्चालनका लागि हामी त आजै तयार छौं तर उडान भर्ने वायुसेवा प्रदायक कम्पनीलाई हामी सञ्चालनयोग्य भयौँ भनेर पत्राचार गर्नुप¥यो त्यसैले ३१ डिसेम्बरसम्म उडानका लागि तयारी गर्न एयरलाइन्सहरुसँग छलफल गरी आग्रह गरिसकेका छौँ”, महाप्रबन्धक केसीले भन्नुभयो ।

उहाँले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थलको जीर्णोद्वारको काम सकेर विमानस्थललाई हरहिसाबले तयारीयोग्य बनाइएको बताउनुभयो । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने अघिल्लो पटक बजेट तथा नीति कार्यक्रममै घोषणा गरेको थियो । 

विमानस्थलको जीणोद्वार सकेपछि विमानस्थलको क्षमता बढ्ने र हालको चाप न्यूनीकरण हुने अपेक्षा गरिएको छ । सन् २०२० को मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थलका चाप व्यवस्थापनमा सहज हुने अधिकारीले बताउँदै आएका छन् । 

यो आयोजनाको हाल ९० प्रतिशत भौतिक प्रगति छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम पनि द्रुतगतिमा भइरहेको छ । हाल उक्त विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत भन्दामाथि रहेको आयोजनाले जनाएको छ । विमानस्थलले मर्मतको काम निर्धारित समय अगावै सम्पन्न गरेर सफल उदाहरण प्रस्तुत गरेको महाप्रबन्धक केसीले बताउनुभयो ।

यो अवधिमा विमानस्थलको तीन हजार मिटर लामो धावनमार्ग कालोपत्र, ट्याक्सी वे कालोपत्र गर्ने र बत्ती जडानको काम सकिएको छ । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको कामसमेत सकिएको छ ।

अबको १३ दिनपछि शुरु हुने नेपाल भ्रमण वर्षका लागि अन्तरराष्ट्रिय विमानस्थलको प्रगतिलाई एक सुःखद क्षणको रुपमा लिन सकिन्छ । कतिपय ठूला आयोजना निर्माणमा विलम्ब भइरहेका बेला विमानस्थलको जीर्णोद्वार निर्धारित समयअघि नै सकिनुले अन्य आयोजनालाई पनि घचघच्याउने उदाहरणीय बनेको छ ।

यसअघि मर्मतको अवधिमा विमानस्थल बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुन्थ्यो । विमानस्थलको पहिलो चरणअन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । 

विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । उक्त अवधिमा रातको १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।  

विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको रु एक हजार सङ्कलनबाट विमानस्थल मर्मतको काम गरिएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको थियो ।

अन्तरराष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलोपटक धावनमार्ग पुनः सुधार गरिएको नियामक निकाय नेपाल नागरिक उड्डायन प्राधिकरणले जनाएको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग स्तरोन्नतिको काम गरेको हो ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्किदा पटक–पटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको थियो । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तरराष्ट्रिय विमानस्थलको जीर्णोद्वार गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको प्राधिकरणले जनाएको छ ।

सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन । सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धारटोली बनाएर सतर्क अवस्थामा राखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै