पुस ४, काठमाडौँ | नेपाली ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ | ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई् सार्वजनिक गरेको हो |
कम्पनीका संस्थापक अशिम पाण्डेका अनुसार पाट्स नेपालमै डिजाइन गरेर अमेरिका , चाइना, भारत, र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरेर निमार्ण गरिएको हो | साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित यस मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेले बताए |
यसको ब्याट्री क्षमता ३० किलोवाट छ भने मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीले जनाएको छ | बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिर्सचको काम सुरु गरिसकेको थियो भने २०१८मा नेपालको विभिन्न ठाउँमा गएर सवारीसाधन र सडकको बारेमा अध्ययन गरेको थियो |
यो कम्पनीले पहिलो चरणमा ५० ओटा मोटरसाइकल उत्पादन गर्नेछ | यसको मूल्य भने सार्वजनिक गरेको छैन |