2026-06-29 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक बर्षमा १६ हजार २ सयले बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?

2020-01-06

पुस २१, काठमाडौँ | नेपालमा सुनको भाउ लगातार उकालो लागिरहेको छ | आज सुनको मूल्य अहिले सम्मकै उच्च रहेको छ | प्रतिदिन कहिले हजार त कहिले ५ सयको दरले बढिरहेको छ | आज नेपालमा प्रतितोला  सुनको भाउ ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

एक बर्षमा मात्रै सुनको मूल्य प्रति तोला १६ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ | २०७५ पुष २२ गते सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो | हाल सुनको मूल्य बढ्नुको कारण अमेरिका र इरान बिचको युद्ध रहेको अर्थ विद्द्को भनाइ छ |

चीन र अमेरिका बीच व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कार्यान्वयनमा आउन नसक्नु, भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ, जसकारण डलरको भाउ बढ्न गइ नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ |

विश्व बजारमा सुनको माग बढ्दै गएकाले फेरिपनि नयाँ रेकर्ड कायम बनाउन सक्ने विज्ञहरुको भनाइ छ | विश्वका ठुला मुलुकहरुबीच युद्ध हुँदा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाका लागि सुनमा लगानी बढाउँछन् | त्यसैले पनि अहिले सुनको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ भने मूल्यमा पनि वृद्धि भएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी