२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि ‘साइस्मिक सर्भे’ शुरु

२०७६, ९ माघ बिहीबार ०६:०३

माघ ९, दैलेख | दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ |अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो। नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन्।

विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ। अनुसन्धान गर्न अत्याधुनिक साधनसमेत यहाँ ल्याइएको छ। सर्भेअन्तर्गत जमिनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ। चार सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण ‘साइस्मिक सर्भे’ मानिन्छ ।

यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए। 'पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि ड्रिलिङ गर्ने काम शुरु भइरहेको छ। १० मध्ये एउटा सर्कलमा जमीनमुनि करीब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो। अन्य सर्कलमा त्यही अनुपातमा काममा तीव्रता दिएको छ', उनले भने।

जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग जनाएको छ। अन्वेषणका तीन वटा सााइस्मिक सर्भे सम्पन्न भएका छन्। पूर्वपश्चिम उत्तरदक्षिणका विभिन्न भूभागमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु गरिएको छ।

दशवटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको छ । एउटा लाइनमा ४०० वर्गमिटर भूभाग समेटिइ सर्भेको काम भइरहेको विभागले जनाएको छ। 'तीन साइस्मिक सर्भेको काम सम्पन्न भएको छ', अन्वेषण अधिकृत डा त्रिपाठीले भने।

अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दिशामा गरी १० वटा साइस्मिक लाइन खनिएका छन् । बाँकी रहेका सात वटा साइस्मिक लाइनमा काम धमाधम भइरहेको छ। माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर अध्ययन लागि पुनःविशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जनाएको छ।

अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्रेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङजस्ता काम सम्पन्नपश्चात् महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम अहिले शुरु गरिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ