Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्दा र कमिशनको कारण सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

२०७६, ५ फाल्गुन सोमबार १४:५७

फागुन ५, भोजपुर | भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीले गुनासो गरेका छन् । 

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाका बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालनमा रहेको थियो । चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणले जलयातायातबाट सेवा लिँदै आएका थिए ।

चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताउनुभयो । राईले भन्नुभयो, “जेटबोट सञ्चालन हुँदा हामीलाई निकै सहज थियो तर आपसी किचलोका कारण सेवा बन्द हुँदा अहिले समस्या छ, सञ्चालनका लागि तत्काल पहल गर्न आवश्यक छ ।”

जेटबोट सञ्चालनमा आएपछि भोजपुरसँगै धनकुटाको सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी पुग्ने गरेका थिए । भोजपुर, खोटाङ धनकुटालगायतका जिल्लाबाट दैनिक ७०० बढीले जेटबोटमार्फत यात्रा गर्ने गरेको सञ्चालकले बताउँछन् । जेटबोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिस आवतजावत गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले सप्तकोशी नदीमा चार वटा जेटबोट सञ्चालन गर्दै आएका छन् । सप्तकोशी नदीमा सञ्चालित जलयातायात (जेटबोट) सेवा बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै अनिश्चितकालका लागि बिहीबारबाट जलयातायात सेवा बन्द गराएको व्यवसायीको भनाइ छ । सप्तकोशी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालन भइरहेको थियो । जेटबोट सञ्चालनका लागि प्रष्ट कानून अभावका कारण आफूहरु समस्यामा परेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोटेसनका सञ्चालक राजेन्द्र कार्कीले बताउनुभयो 

। 

व्यवसायको सुरक्षा गरिदिने ‘ग्यारेन्टी’ सरकारले नगरेसम्म सेवा सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । व्यवसायीले सप्तकोशी नदीमा जलयात्राको सेवा बन्द गरेपछि भोजपुरको दक्षिणी तथा धनकुटा र उदयपुर क्षेत्रका मानिसलाई तराईसम्म जान समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै