८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकमा सुनलाई निक्षेपको रुपमा राख्न सकिने,सुनमै ब्याज पाइने

२२ फाल्गुन २०७६, बिहीबार १०:१७

फागुन २२, काठमाडौं | अब सुन पनि निक्षेपको रुपमा राख्न सकिने भएको छ | नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न क, ख र ग  बर्गका इजाजत पत्र बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ |

बिहीबार राष्ट्र बैंकले कार्यविधी बनाइ नेपाली नागरिकहरुसँग रहेको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न र संचालक समितिबाट नै निर्णय भएको सात दिन भित्र जानकारी गराउन भनेको छ | राष्ट बैंकका अनुसार सुन निक्षेप राख्नका लागि न्यूनतम २५ ग्राम परिमाण हुनु छ |

त्यस्तै बैंकमा राख्ने सुन निक्षेपको अवधि कम्तिमा ३ वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्ने छ | बुधबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको बजेटमै समावेश गरेको  विषयलाई कार्यान्वयन गर्न  सर्कुलर जारी गरेको हो |बाणिज्य बैंकहरुले मात्र सुनलाई निक्षेपका रुपमा लिन पाउने छन | वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गराउनु पर्ने छ । यसरी सुन निक्षेप स्वीकार्ने भएमा राष्ट बैंकमा उक्त निर्णय भएको सात कार्यदिनभित्र जानकारी गराउनु पर्नेछ, सुन निक्षेप लिंदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५.० को सुनमात्र स्वीकार गर्नुपर्नेछ |

सुनको निक्षेप स्वीकार गर्दा वाणिज्य बैंकहरुले सुनको प्रचलित बजार मूल्यलाई नै आधार मान्नुपर्ने व्यवस्था समेत गरिएको छ । यो निक्षेप राख्नको लागि ग्राहकले छुट्टै खाता भने खोल्नुपर्नेछ । त्यसरी खाता खोल्दा केवाईसी फारामहरु भने अन्य खाताको जस्तैगरी भर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । 

सुनलाई निक्षेपमा राखेका व्यक्तिले सो निक्षेपको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने र सो कर्जाको ब्याजदर निक्षेपको ब्याजदर भन्दा २ प्रतिशत मात्रै बढी हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो निक्षेपलाई बैंकहरुले सीआरआर, एसएलआरको प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् |

बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकलाई सुन निक्षेप लिदाँका बखत नै आफूले जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने सो को यकिन गराउनुपर्ने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए