२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औषधि उत्पादक संघ भन्छ,’तीन महिनालाई पुग्‍ने औषधि छ’

२०७६, २३ फाल्गुन शुक्रबार १०:२०

फागुन ३२, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण नेपालमा आउने सम्भावित जोखिमका क्रममा नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक संघले बताएको छ | संघका महासचिव विप्लव अधिकारीले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै भूकम्प र नाकाबन्दीका बेला पनि देशमा ‌औषधि अभाव हुन नदिएको स्मरण गराएका छन् |

उनले नेपालालई औषधिमा आत्मनिर्भर बनाउने क्रममा एलोपेथिक औषधिका ६२ वटा उद्योगहरु सञ्‍चालनमा रहेको र अरु ४२ वटा निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएका छन् | महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए। 

'हाल हामीसँग तीन महिनासम्मको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ म्याटेरिलय मौज्दात रहेको छ', उनले भने, 'चीनबाट पनि कच्चा पदार्थ आइरहेका छन्। भूकम्प, नाकाबन्दी जस्ता बिपद्को समयमा पनि हामीले औषधि अभाव हुन नदिएको सबैलाई विदितै छ।' उनले भारत र चीनबाट औषधिका कच्चा पदार्थ ल्याइरहेको बताउँदै त्यहाँबाट नआएमा अन्य देशलाई विकल्पका रुपमा रोजिने पनि जानकारी दिए |

बिपदमा मात्रै सरकारले औषधिको महत्व बुझ्ने गरेको संघको गुनासो छ। महासचिव अधिकारीले ७५ प्रतिशत औषधिका लागि विदेशी कम्पनीलाई गुनासो गर्नु आवश्यक नरहेको पनी स्पष्ट पारेका छन्।  'अधिकांश औषधि नेपालमै उत्पादन भइरहेका छन्। विदेशी कम्पनीलाई अनुनय बिनय र आग्रह गर्नुपर्दैन', अधिकारीले भनेका छन्, 'हामी निजी उद्योगीहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्रै पुग्छ।  संघले नीतिगतरुपमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन खोज्ने सरकारले व्यवहारमा विदेशी कम्पनीलाई हारगुहार गरेर स्वदेशी उद्योगीलाई निराश बनाइरहेको पनि गुनासो गरेका छन्। 

'नेपाल सरकारको उच्च संयन्त्रलाई आग्रह गर्न चाहन्छौं। हामी नेपालमा उत्पादन हुने कुनै पनि औषधि अभाव हुन दिने छैनौं', अधिकारीले भने,' 'सरकारले विदेशी गुहार्नुपर्दैन। नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्‍याउन तत्पर र सक्षम पनि छौं।' संघले अहिलेको जटिल अवस्थामा सचेत भइ बजारलाई अनावाश्यक उत्तेजित हुन नदिन पनि सर्वसाधरण र पत्रकारहरुलाई अपिल गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित