२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऊर्जामन्त्री पुनद्वारा नेपालको विद्युत किन्न भारतलाई आग्रह

२०७६, २८ फाल्गुन बुधबार १२:०६

फागुन २८, काठमाण्डौं | ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गर्नुभएको छ | यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गर्नुभयो । 

‘अहिले हामी भारतबाट विद्युत खरिद गरिरहेका छौं’, सिंहदरबारस्थित मन्त्रालयमा भेट्न आउनुभएका भारतीय ऊर्जा मन्त्रालयका सचिव संजिव नन्दन (एसएन) सहायसँग बुधबार मन्त्री पुनले भन्नुभयो, ‘अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्ने चाहन्छौं ।’ नेपाल विद्युत प्राधिकरण र भारतीय केन्द्रीय विद्युत प्राधिकरण (सीइए) बीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ । तर, उक्त सम्झौता अनुसार भारतीय ऊर्जा मन्त्रालयले त्यहाँको विद्युत प्राधिकरणलाई विद्युत व्यापारको सहमति दिन ढिलाइ भएका कारण उक्त काम सुरु हुन सकेको छैन । मन्त्री पुनले दुई देशका प्राधिकरणबीच भएका सम्झौताअनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गर्नुभयो । जवाफमा सचिव सहायले त्यो छिट्टै हुने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनबारे यसअघि दुई देशबीच पटकपटक छलफल र सहमति भएको स्मरण गराउँदै उक्त काम छिट्र्ट सक्नुपर्नेमा जोड दिनुभयो । 

नेपालले १२ सय मेगावाटको बुढीगण्डकी, ७ सय ५६ मेगावाटको तमोर र ६ सय ३५ मेगावाटको दूधकोसीजस्ता ठूला जलासययुक्त आयोजना निर्माणको काम अघि बढाएको र ती आयोजनाबाट भारतले समेत अप्रत्यक्ष लाभ लिन सक्ने मन्त्री पुनको भनाइ थियो । 

ती आयोजनाबाट भारतको तल्लो तटीय क्षेत्रमा वर्षेनी हुने बाढी-डुबान नियन्त्रण, सिंचाइ, खानेपानी तथा जलयातायातमा लाभ लिन सक्ने बताउनुभयो । दुवै मुलुकले लाभ लिने भएकाले त्यस्ता आयोजनामा सहकार्य गर्न मन्त्री पुनले प्रस्ताव गर्नुभयो । यस्तै मन्त्री पुनले भारत सरकार र भारतीय कम्पनीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा थप लगानीका लागिसमेत अपिल गर्नुभयो । नेपालमा लगानीको राम्रो वातावरण बनेको उहाँको भनाइ थियो । 

जवाफमा भारतीय ऊर्जा सचिव सहायले विद्युत व्यापार सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम छिट्टै अगाडि बढ्ने विश्वास व्यीक्त गर्नुभयो । अरुण तेश्रो जलविद्युत आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा गर्नुभयो । सचिव सहायले नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा थप सहकार्य हुने बताउनुभयो । नेपालको जलविद्युत भारतको सौर्य र बायु ऊर्जाको पूरक हुने भन्दै सचिव सहायले नेपालको जलविद्युत क्षेत्रमा भारतबाट थप लगानी आउने प्रतिबद्धता जनाउनुभयो |







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश