Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकमा नगई डिजिटल कारोबार गर्न बैंकर्स संघको अनुरोध, बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने

२०७६, ७ चैत्र शुक्रबार ०८:३६

चैत्र ७, काठमाडौं । अबदेखि केहि समयका लागि डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनकरण गर्न नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी एशोसिएशनले विज्ञप्ति जारि गर्दै डिजिटल बैंकिङ कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएका छन् ।

अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजानु हुन, भिडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिन/जोगाउनका निमित्त सहयोग गर्नका लागि ग्राहकहरुलाई अनुरोध गर्दै ग्राहकहरुलाई डिजिटल कारोबारमा सेवा शुल्क नलिने निर्णय गरिएको बैंकर्स संघले जनाएका छन् । साथै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका छन् ।

विश्वका धेरै देशहरु कोरोनाको संक्रमणले आक्रान्त भएको र विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई जोखिमपूर्ण राष्ट्रको रुपमा उल्लेख गर्दै बैंकरहरुले ग्राहकलाई यस्तो अपिल गरेका हुन् ।

‘कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं,’ तीनवटै संघद्वारा एकीकृत रुपमा जारी जारी विज्ञप्तीमा भनिएको छ ।

शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट/मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवार, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने जनाएका छन् ।

त्यसैगरी, नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा कुनै शुल्क लाग्ने छैन । उपरोक्त सेवा/सुबिधाहरुमा शुल्क नलाग्ने व्यवस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि उपलब्ध हुने जनाइएको छ ।

‘इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।

उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६/१२/०५ मा बसेको निर्णय अनुसार एकपटकमा २५ जना भन्दा बढी जम्मा नहुन, अत्यावश्यक काम बाहेक आवतजावत र हिँडडुल नगर्न, लगायत बिभिन्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै