Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजिटल कारोबारको सीमा बढ्यो, मोबाइलबाट १ दैनिक लाखसम्म कारोबार गर्न सकिने

२०७६, ९ चैत्र आईतवार ११:०४

चैत ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागले आइतबार एक परिपत्र जारी गर्दै मोबाइटल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफरको सीमा बढाएको हो ।

केन्द्रीय बैंकले मोबाइल बैंकिङ (क्युआर कोण समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ ।  इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखेको छ ।

इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रहेको छ भने इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाखसम्म रहेको छ । 

यस्तै केन्द्रीय बैंकले मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा पनि प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख पुर्‍याएको छ । यसअधि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो । 

केन्द्रीय बैंकले एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्न सीमा पनि बढाएको छ । यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेकोमा अब प्रतिकारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ । 

यता एजेन्ट वा सब एजेन्टबाट र बैंक खाताबारट वालेटमा रकम ट्रान्सफर गर्ने कारोबारको सीमा भने यथावत रहेको छ । 

यसअघि बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकले अर्को सूचना नआएसम्मका लागि भन्दै डिजिटल कारोबार निःशुल्क गर्ने घोषणा गरिसकेका छन् । उनीहरूले नगद कारोबारमा कोरोनाको जोखिम भएको भन्दै डिजिटल कारोबार गर्न अपिल गर्दै निःशुल्क डिजिटल सेवा उपलब्ध गराउने घोषणा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै