Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैत मसान्तसम्म जीवन बीमा शुल्क संकलन नगर्न बीमा समितिको निर्देशन

२०७६, १३ चैत्र बिहीबार ११:३४

चैत्र १३, काठमाडौं ।  बीमा समितिले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म जीवन बीमा शुल्क संकलन कार्य नगर्न निर्देशन दिएको छ । कोरोना भाइसरको संक्रमण अवधि तत्काल यकिन गर्न नसकिने जनाउंदै समितिले जीवन बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भएपछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । 

सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा उक्त अवधि भरका लागि संक्रमणबाट सजग रही बीमा कम्पनीहरुले न्यूनतम सेवालाई निरन्तरता दिनुका साथै कम्पनीहरुबाट दिने सेवाहरु विभिन्न सञ्चार माध्यमलगायत समाजिक सञ्जालमार्फत जानकारी गराउन समितिले अनुरोध गरेको छ। 

बीमा अवधि समाप्त भएको बीमा लेखको हकमा सम्बन्धित बीमितले विद्युतीय माध्यमबाट अनुरोध गरी नवीकरण गराउन सक्ने भएका छन् । अभिकर्ता इजाजतपत्र नवीकरण गर्नको लागि बीमा कम्पनी मार्फत समितिको नबिल बैंकमा रहेको खाता नं.०११००१३०११००१ मा चैत मसान्त भित्र शुल्क जम्मा गरेमा जरिवाना नलाग्ने समितिले जनाएको छ। 

सर्भेयर इजाजतपत्र नवीकरण गर्नको लागि समितिको नबिल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ माचैत्र मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा पनि जरिवाना नलाग्ने व्यवस्था गरिएको छ। 

निर्जीवन बीमा कम्पनीले तत्काल उत्पन्न हुने दाबी भुक्तानीका लागि बिद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाइ क्षति यकिन गरी दाबी भुक्तानी गर्न सक्ने छन्। 

जीवन बीमा कम्पनीले अवधि समाप्तिपछिको बीमा रकम बिद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्नेब्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले बिद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दाबी भुक्तानी गर्न समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै