२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासबाहेकका सबै बजेट कोरोना रोकथाममा खर्च, युवतीको थ्रोट स्वाब पठाइयो

२०७७, ५ बैशाख शुक्रबार ०४:०३

वैशाख ५, काठमाडौँ | बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिनुभयो । 

यस्तै नेपाल सरकारले पारित गरेको क्वारेन्टाइन निर्माण कार्यविधि, २०७७ अनुसार ३५० शय्याको क्वारेन्टाइन निर्माण गर्ने निर्णयसमेत भएको छ । यसका साथै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक वडादेखि अर्को वडामा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत भएको छ । बैंकिङ सेवा, स्वास्थ्य सेवा र खाद्यान्न ढुवानीका लागि जानुपरेमा अनिवार्य वडाको सिफारिस हुनुपर्ने निर्णय गरेको बताइएको छ ।  

स्वास्थ्यकर्मीलाई पिपिइ 

बैतडीको दशरथचन्द नगरपालिकाले ११ ओटै वडामा स्वास्थ्यकर्मीहरुका लागि पिपिइ सेटको व्यवस्था गरेको जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुका लागि प्रत्येक वडामा एक सेटका दरले पिपिइको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिनुभयो । 

क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीहरुलाई सजिलो होस् भनेर व्यक्तिगत सुरक्षाका लागि पिपिइ वितरण गरिएको हो । नगरपालिकाले ११ ओटै वडामा यसअघि नै क्वारेन्टाइन निर्माण गरिसकेको छ । पिपिइ प्राप्त भएपछि स्वास्थ्यकर्मीहरुलाई काम गर्न सजिलो हुने गुरुखोला स्वास्थ्यचौकीका अहेव उत्तम भट्टले बताउनुभयो । 

दलित परिवारलाई राहत वितरण 

बैतडीको सुर्नया गाउँपालिकाले गाउँपालिकाभरिका प्रत्येक दलित परिवारलाई राहत वितरण गर्ने भएको छ । जारी लकडाउनका कारण दलित समुदायका परिवार अरुभन्दा धेरै समस्यामा परेको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले कोरोना भाइरस सङक्रमण रोकथाम तथा उपचार कोष सन्चालनसम्बन्धी कार्यविधि, २०७७ पारित गरेको र सोही कार्यविधिमा टेकेर राहत वितरण गर्ने निर्णय गरेको हो ।

 यस्तै लकडाउनका कारण समस्यामा परेका असङ्गठित क्षेत्रका मजदूर, घर भएका तर जग्गा नभएका परिवार, असहाय, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत राहत वितरण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “राहत वितरणका लागि वडाहरुको समन्वयमा तथ्याङ्क सङ्कलन गरिने र कार्यविधिमा समेटिएकाहरुलाई राहत वितरण गरिनेछ ।” गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम जम्मा गरी सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । 

युवतीको थ्रोट स्वाब पठाइयो

कोरोनाको आशङ्कामा जिल्ला अस्पतालमा भर्ना गरिएकी सुर्नया गाउँपालिका–३ की २३ वर्षीय युवतीको थ्रोट स्वाब सङ्कलन गरिएको छ । युवतीको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । युवतीलाई ज्वरो, रुघोखोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार आइसोलेसनमा भर्ना गरिएको थियो । 

युवतीलाई अस्पताल पुर्याउन पुगेका उनका बुवा र भाइलाई समेत आइसोलेसनमा राखिएको छ । कोरोनाको आशङ्का युवतीलाई आइसोलेसनमा राखिएको हो तर युवतीको र्यापिड डाइग्नोस्टिक टेस्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । यसअघि कोरोनाको आशङ्कामा तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भए पनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी