Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु

२०७७, ७ बैशाख आईतवार ०२:१८

वैशाख ७, कैलाली | धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०/५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक/एक करोडको अख्तियारी दिएपछि वार्ड निर्माण शुरु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

उहाँले सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालन हुने गरी ती निर्माण भइरहेको बताउनुभयो । वार्डको भवन निर्माणका लागि किनारा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडसँग रु ९४ लाखमा एक महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माणको अख्तियारी पाएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

“एक महिनाभित्र वार्ड निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीबाट निर्माणको काम छिटो गर्नुपर्ने भन्ने निर्देशन आएपछि निमार्णकार्यलाई अझै तीव्रता दिइएको छ”, निमित्त प्रमुख धामीले भन्नुभयो, “दिन र रात गरी काम अघि बढिरहेको छ, १५ दिनभित्र वार्ड निर्माणको काम सम्पन्न हुनसक्छ ।”

वडा प्रहरी कार्यालय धनगढीको ठीकविपरीत दिशातर्फ रहेको कैलाली जिल्ला समन्वय समतिको जमीनमा सो वार्ड निर्माण भइरहेको छ । भवनमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन श्यया रहने बताइएको छ । वार्ड स्वास्थ्य कार्यालयको लागत अनुमानअनुसार निर्माण भइरहेको छ । नयाँ निर्माण हुने ५० श्ययाको वार्डको भवन प्रि–फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

यस्तै ५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक करोडको अख्तियारी पाएको कञ्चनपुरको महाकाली अस्पतालमा भने सम्झौता मात्र हुन बाँकी रहेको बताइएको छ ।

रोकिएका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह

 धनगढी उपमहानगरपालिकाले लकडाउनका कारण धनगढीमा रोकिएका धनगढी नगरबाहिरका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ । उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको सूचनाका आधारमा नगरबाहिरका व्यक्तिको विवरण सङ्कलन गर्न थालेको हो । नगरप्रमुख नृपबहादुर वडले यहाँ रोकिएका व्यक्तिलाई आफू रहेको वडाध्यक्ष वा वडाका प्रतिनिधिको सम्पर्कमा आउन अनुरोध गरिएको बताउनुभयो ।

 नगरप्रमुख वडले भन्नुभयो, “उहाँहरुको विवरण सङ्कलन गरेपछि उनीहरुका बारेमा जिल्ला प्रशासन कार्यालयले उचित निर्णय लिनसक्छ ।”

प्रदेश सरकारको ध्यानाकर्षण

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको कार्यालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका साथै लामो लकडाउनका कारण सिर्जित समस्याको प्रभावकारीरूपमा समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेशमा कोरोनासम्बन्धी परीक्षणलाई अझ प्रभावकारी बनाउनुका साथै भारत तथा अन्य मुलुकबाट नेपाल आएका व्यक्तिको छिटोभन्दा छिटो विश्वसनीय कोरोना परीक्षण गर्ने प्रबन्ध मिलाउन संसदीय दलको कार्यालयद्वारा शनिबार यहाँ जारी प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारको अग्रिम मोर्चामा रहेका चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षाका लागि हरसम्भव उत्कृष्ट व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको छ । जस्तोसुकै परिस्थितिमा पनि जनताको बाँच्न पाउने अधिकारको रक्षा गर्नु तथा अप्ठ्यारोमा परेका नागरिकको उद्धार तथा राहत प्रदान गर्नु सरकारको दायित्व भएकाले यसतर्फ गम्भीरतापूर्वक अग्रसर हुन प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

त्यस्तै प्रदेश सरकारले स्थानीय तह तथा सबै राजनीतिक दल र सरोकारवाला सङ्घसंस्थाको समन्वयमा राहत सङ्कलन तथा वितरणको व्यवस्था गरी लक्षित वर्ग र समुदायमा उपयुक्त राहत पुगोस् भन्नेतर्फ प्रभावकारी व्यवस्था गर्न माग गरिएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन एकमात्र विकल्प भएकामा यसको पूर्णपालना गर्न सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासीमा विनम्रतापूर्वक अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै