२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड—१९: स्थानीय तहको नयाँ रणनीति, अलपत्र परेका नेपाली स्वदेश भित्रिन थाले

२०७७, ९ बैशाख मंगलवार १०:४२

विनोद सिंह विष्ट | वैशाख ९, बैतडी | कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि बैतडीका स्थानीय तहले नयाँ रणनीति अघि सारेको छ । 

जिल्लाको पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि खटिएका कर्मचारीको मृत्यु भएमा उसका आश्रित परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निर्णय गरेका छन् । डिलाशैनी गाउँपालिकाले यो भाइरसबाट सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सहयोगीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको सो गाउँपालिकाले जनाएको छ । 

यसैगरी जिल्लाको पुर्चौंडी नगरपालिकाले विकास बजेट बाहेकको सबै बजेट कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खर्च गर्ने निर्णय गरेको छ । त्यस्तै सुर्नया गाउँपालिका र पाटन नगरपालिकाले जारी लकडाउनका कारण समस्यामा परेका नागरिकको सहजताका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएका छन् । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर लकडाउनका कारण परेका समस्या, कोरोना भाइरस सम्बन्धि जानकारी र अन्य समस्या राख्न सक्ने बताइएको छ । 

सबै स्थानीय तहमा राहत कोष  

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीका सबै स्थानीय तहमा राहत कोष स्थापना गरिएको छ । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।  

दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन कोष अन्तर्गत नै रहने गरी राहत कोष खडा गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । सो कोषमा नगरपालिकाले विभिन्न शीर्षकबाट बजेट रकमान्तर गरेर रु १३ लाख रकम जम्मा गरेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले प्रदान गरेको रु ३५ हजार पनि त्यसै कोषमा जम्मा गरेको छ ।

सुर्नया गाउँपालिकाले रु २० लाखको राहत कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । पाटन नगरपालिकाले पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख रकम विनियोजन गरेको छ । त्यस्तै, दोगडाकेदार गाउँपालिकाले रु २९ लाख, शिवनाथ गाउँपालिकाले रु १० लाख, मेलौली नगरपालिकाले रु १० लाख, सिगास गाउँपालिकाले रु १२ लाख, डिलाशैनी गाउँपालिकाले रु ५० र पञ्चेश्वर गाउँपालिकाले रु १० लाखको राहत कोष स्थापना गरेको सम्बन्धित स्थानीय तहले जनाएको छ । यसैगरी पुर्चौंडी नगरपालिकाले पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो । 

लकडाउनबाट अति प्रभावित गरिब, विपन्न तथा मजदूरहरुलाई राहत वितरण गर्ने प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने माग स्थानीयवासीको छ । जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले राहत वितरण गर्ने कार्यमा विभिन्न समस्या र चुनौती देखिएकाले यसतर्फ स्थानीय तह अत्यन्त गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । 

अलपत्र मजदूरको उद्धार 

अलपत्र अवस्थामा रहेका ६ जना मजदूरलाई बैतडीको दोगडाकेदार गाउँपालिकाले उद्धार गरेको छ ।  उद्धार गरिएको मजदूरमा मुगुको खतेड गाउँपालिकाका तीन, कैलालीको टिकापुर नगरपालिकाका दुई र दोगडाकेदारका एक जना रहेका छन् । उनीहरु सिमावर्ती भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए । महाकाली नदीमा ट्युबमार्फत नेपाल प्रवेश गरेका उनीहरुलाई सोमबार राती उद्धार गरी सनातन धर्म मावि श्रीकोटको क्वारेन्टाइनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।  उनीहरु दार्चुलास्थित लेकम गाउँपालिकाको लालीबाट नेपाल भित्रिएको बताइएको छ । 

लकडाउनलाई थप प्रभावकारी बनाउन सरकारले नेपाल भारत सीमा बन्द गरेर सीमाक्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको भएपनि अबैध रुपमा नेपाल भित्रने क्रम रोकिएको छैन् । लेकम हुदैं धनथलामा अलपत्र परेका ती मजदूरहरुलाई स्थानीयवासी शेर कार्कीको पहलमा दोगडाकेदार गाउँपालिकाको क्वारेनटाइनमा राखिएको हो । 

दोगडाकेदार गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको सिल्लेगडा र पन्ज्युनयाँमा हेल्थडेस्क पनि स्थापना गरेको छ । 

अलपत्र परेका नेपाली स्वदेश भित्रिन थाले

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा बन्द गरेपछि भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरु महाकाली तरेर स्वदेश भित्रिन थालेका छन् ।

दार्चुलाको महाकाली नगरपालिका—५ खेट्टयाबगर क्षेत्रबाट चार जना नेपाली घर फर्किएका छन् । धार्चुलाको कालीका क्षेत्रमा मजदूरी गर्न गएका नौगाड गाउँपालिका—४ का पूर्णसिंह धामी, दलबीर धामी, ललित धामी र वडा नम्बर ५ का राजेन्द्रसिह धामी महाकाली तरेर नेपाल प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो । खेट्याबगरमा महाकाली तरेर आएका चारै जनालाई महाकाली नगरपालिका—६ पौनेखोलाबाट ल्याएर महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो