८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड—१९: स्थानीय तहको नयाँ रणनीति, अलपत्र परेका नेपाली स्वदेश भित्रिन थाले

९ बैशाख २०७७, मंगलवार १०:४२

विनोद सिंह विष्ट | वैशाख ९, बैतडी | कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि बैतडीका स्थानीय तहले नयाँ रणनीति अघि सारेको छ । 

जिल्लाको पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि खटिएका कर्मचारीको मृत्यु भएमा उसका आश्रित परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निर्णय गरेका छन् । डिलाशैनी गाउँपालिकाले यो भाइरसबाट सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सहयोगीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको सो गाउँपालिकाले जनाएको छ । 

यसैगरी जिल्लाको पुर्चौंडी नगरपालिकाले विकास बजेट बाहेकको सबै बजेट कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खर्च गर्ने निर्णय गरेको छ । त्यस्तै सुर्नया गाउँपालिका र पाटन नगरपालिकाले जारी लकडाउनका कारण समस्यामा परेका नागरिकको सहजताका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएका छन् । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर लकडाउनका कारण परेका समस्या, कोरोना भाइरस सम्बन्धि जानकारी र अन्य समस्या राख्न सक्ने बताइएको छ । 

सबै स्थानीय तहमा राहत कोष  

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीका सबै स्थानीय तहमा राहत कोष स्थापना गरिएको छ । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।  

दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन कोष अन्तर्गत नै रहने गरी राहत कोष खडा गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । सो कोषमा नगरपालिकाले विभिन्न शीर्षकबाट बजेट रकमान्तर गरेर रु १३ लाख रकम जम्मा गरेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले प्रदान गरेको रु ३५ हजार पनि त्यसै कोषमा जम्मा गरेको छ ।

सुर्नया गाउँपालिकाले रु २० लाखको राहत कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । पाटन नगरपालिकाले पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख रकम विनियोजन गरेको छ । त्यस्तै, दोगडाकेदार गाउँपालिकाले रु २९ लाख, शिवनाथ गाउँपालिकाले रु १० लाख, मेलौली नगरपालिकाले रु १० लाख, सिगास गाउँपालिकाले रु १२ लाख, डिलाशैनी गाउँपालिकाले रु ५० र पञ्चेश्वर गाउँपालिकाले रु १० लाखको राहत कोष स्थापना गरेको सम्बन्धित स्थानीय तहले जनाएको छ । यसैगरी पुर्चौंडी नगरपालिकाले पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो । 

लकडाउनबाट अति प्रभावित गरिब, विपन्न तथा मजदूरहरुलाई राहत वितरण गर्ने प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने माग स्थानीयवासीको छ । जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले राहत वितरण गर्ने कार्यमा विभिन्न समस्या र चुनौती देखिएकाले यसतर्फ स्थानीय तह अत्यन्त गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । 

अलपत्र मजदूरको उद्धार 

अलपत्र अवस्थामा रहेका ६ जना मजदूरलाई बैतडीको दोगडाकेदार गाउँपालिकाले उद्धार गरेको छ ।  उद्धार गरिएको मजदूरमा मुगुको खतेड गाउँपालिकाका तीन, कैलालीको टिकापुर नगरपालिकाका दुई र दोगडाकेदारका एक जना रहेका छन् । उनीहरु सिमावर्ती भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए । महाकाली नदीमा ट्युबमार्फत नेपाल प्रवेश गरेका उनीहरुलाई सोमबार राती उद्धार गरी सनातन धर्म मावि श्रीकोटको क्वारेन्टाइनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।  उनीहरु दार्चुलास्थित लेकम गाउँपालिकाको लालीबाट नेपाल भित्रिएको बताइएको छ । 

लकडाउनलाई थप प्रभावकारी बनाउन सरकारले नेपाल भारत सीमा बन्द गरेर सीमाक्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको भएपनि अबैध रुपमा नेपाल भित्रने क्रम रोकिएको छैन् । लेकम हुदैं धनथलामा अलपत्र परेका ती मजदूरहरुलाई स्थानीयवासी शेर कार्कीको पहलमा दोगडाकेदार गाउँपालिकाको क्वारेनटाइनमा राखिएको हो । 

दोगडाकेदार गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको सिल्लेगडा र पन्ज्युनयाँमा हेल्थडेस्क पनि स्थापना गरेको छ । 

अलपत्र परेका नेपाली स्वदेश भित्रिन थाले

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा बन्द गरेपछि भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरु महाकाली तरेर स्वदेश भित्रिन थालेका छन् ।

दार्चुलाको महाकाली नगरपालिका—५ खेट्टयाबगर क्षेत्रबाट चार जना नेपाली घर फर्किएका छन् । धार्चुलाको कालीका क्षेत्रमा मजदूरी गर्न गएका नौगाड गाउँपालिका—४ का पूर्णसिंह धामी, दलबीर धामी, ललित धामी र वडा नम्बर ५ का राजेन्द्रसिह धामी महाकाली तरेर नेपाल प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो । खेट्याबगरमा महाकाली तरेर आएका चारै जनालाई महाकाली नगरपालिका—६ पौनेखोलाबाट ल्याएर महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता