Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अघि बढ्यो २०० सडक निर्माण

२०७७, १४ बैशाख आईतवार ०८:३६

सञ्चिता घिमिरे | वैशाख १४, काठमाडौँ | सरकारले देशभरका झण्डै २०० स्थानमा सडक र पुल निर्माण अघि बढाएको छ । ‘लकडाउन’ को समयमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर यी सडक निर्माण अघि बढाइएको हो । सडक विभागअन्तर्गत डिभिजन सडक कार्यालयले राष्ट्रिय राजमार्गमा सडक र पुल निर्माणसँगै मर्मतको काम अघि बढाएको छ ।

प्रतिकूल अवस्थामा पनि सजगता र होसियारीसाथ निर्माणलाई अघि बढाइएको सडक विभागले जनाएको छ । अहिले निर्माण भइरहेका स्थानबाहेक थप केही स्थानमा अझै निर्माण हुने विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँको आवश्यकता र निर्माण व्यवसायी तयार रहेका थप ८/१० स्थानमा निर्माण हुनेछ ।”

वर्षा शुरु हुन केही महिना मात्रै बाँकी रहेकाले त्यसअघि नगरिनहुने कामहरु अहिले भइरहेको महानिर्देशक शर्माले बताउनुभयो । पुल र सडकमा भइरहेको काम जुन अहिले नगर्दा भइरहेका संरचना भत्कन्छ भने त्यो काम भइरहेको छ । यीमध्ये कतिपय सम्पन्न हुने चरणमा पुगेका काम भएको र कतिपय अहिले नै सम्पन्न नभए पनि अलपत्र कामलाई व्यवस्थापन भइरहेको छ । कुनै सडकमा अहिले खाल्टा छन् अहिले नै मर्मत नहुँदा वर्षाको समयमा ठूलो खाडल पर्न सक्ने हुँदा तीनलाई अघि बढाइएको हो । उहाँले भन्नुभयो, “हामीले कुन कुन स्थानमा तत्काल काम नगर्दा थप क्षति हुनसक्छ भनी पहिचान गरी अघि बढाइरहेका छौँ ।”

त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ । 

सडक विभागले राष्ट्रिय राजमार्गसँगै स्थानीय सडकमा निर्माणाधीन पुललाई समेत अघि बढाइरहेको छ । त्रिशूली पुल ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरीया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ ।

सरकारले निर्माणाधीन आयोजनाका काम स्वास्थ्य सावधानी अपनाउँदै अघि बढाइने निर्णय गरेसँगै सम्बन्धित जिल्लाका प्रशासनले सडक निर्माणका सहजीकरण गरिरहेका छन् । सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको त्यहाँस्थित डिभिजन सडक कार्यालयले जानकारी दिएका छन् । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’को अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजना सम्पन्न गराउन निर्माण अघि बढाइएको हो ।

डिभिजन सडक कार्यालयले गत साता नै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आवधिक मर्मत शुरु गरेको थियो । उपत्यकाका व्यस्त सडकमा सवारी चाप नभएको समयमा काम गर्न थाले पनि निर्माण सामग्री नपाउँदा अहिले ठप्प बनेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । यसअघि सामाजिक दूरी कायम गरेर सडक चिह्न लगाउने काम गरेको विभागले मर्मतको काम शुरु गरे पनि धेरै दिन गर्न सकेन । उहाँले भन्नुभयो, “अहिले पनि हामी निर्माण सामग्रीका लागि सम्बन्धित पालिकासँग सम्पर्क गरिरहेका छौँ ।”

उपत्यका बाहिरका अरु सडकमा भने निर्माण सामग्रीको अभाव नरहेको महानिर्देशक शर्माले बताउनुभयो । उपत्यका बाहिरका सडक निर्माणमा स्थानीयवासी र स्थानीय तहको पनि सहयोग रहेको छ । उहाँले भन्नुभयो, “स्थानीयस्तरमा सहयोग भएका सडकमा मात्रै काम भइरहेको छ, विरोध हुने स्थानमा काम गरिएको छैन ।”

नेपाल निर्माण व्यवसायी महासङ्घले दुई साता पहिले नै प्रेस विज्ञप्तिमार्फत सरकारलाई निर्माण अघि बढाउन वातावरण बनाउन अनुरोध गरेको थियो । महासङ्घले कुनै स्थानमा फर्मा ठोकेको त कतै खाल्टा खनेको गरी निर्माण अलपत्र अवस्थामा रहेको बताएको थियो । महासङ्घले वर्षामा क्षति पुग्ने पुल र नदी नियन्त्रणका काम अघि बढाउन सहजीकरण गर्न सरकारलाई अनुरोध गरेको हो । अधिकांश आयोजना मजदुर निर्माणस्थलमै रहेको महासचिव रोशन दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्न ठूलो सङ्ख्यामा मजदुर निर्माणस्थलमै छन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै