Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

लकडाउनकै बेला पुल निर्माण सम्पन्न, संसारकै सबैभन्दा लामो भएको दाबी

By साझासवाल

वैशाख १८, काठमाडौँ | बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले त्यसलाई पूर्ण रूपमा बन्द गरेर कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइएको थियो ।

रङ्गीचङ्गी बत्ती जडान गरिने उक्त पुल विसं २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको काम सकिएको र पुलको दायाँबायाँ विभिन्न रङका बत्ती जडानका लागि वायरिङको काम भइरहेको थानी/बीएलटी/हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

तश्वीर: चन्द्र गणेश, फेसबुक ।

पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री पहिले नै राखिएको र कामदारसमेत रहेकाले बन्दाबन्दीका बेला पनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकोमा बन्दाबन्दीका कारण रोकिएको खड्काले बताए । बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल करिब नौ करोड २५ लाख रुपियाँमा सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले जानकारी दिए ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।