२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रमिक बर्गसँग अझ वढी समझदारीका साथ सहयात्रा गर्ने ढकालको प्रतिवद्धता

२०७७, १९ बैशाख शुक्रबार ०५:१७

वैशाख १९, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले कोरोना भाइरसका कारण विश्वव्यापी उत्पन्न भएको वर्तमान कठिन अवस्थामा पनि श्रमिक बर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने बताएका छन् । 

उक्त परिषदको सभापतिका हैसियतले मे १ अर्थात मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिदै ढकालले सम्पूर्ण विश्व कोभिड १९ को महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा विश्वको अर्थतन्त्र एक किसीमले भन्नुपर्दा दीर्घकालसम्म नै थला पर्ने देखिएको बताए ।

सन्देशमा उनले भनेका छन्, इतिहासको यो कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजुभाई एवं दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु ।

विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थलापर्ने अवस्था देखिएको भन्दै ढकालले शुभकामना सन्देशमा भनेका छन्,– यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खा“चो छ ।

सभापति ढकालले अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाने तथा करोडौंले आफ्नो रोजगारी गुमाउँदै जाने तथा त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्ने अवस्था देखिएको बताए । 

ढकालले नेपाल एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा रहेको, विकास निर्माणका कामहरू सबै ठप्प रहेका, उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द रहेका तथा देशमा रेमिट्यान्सको आप्रवाह घट्दो क्रममा रहेकोले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरू आफ्नो रोजगारीबाट विमुख हुने धेरै सम्भावना देखिएको बताएका छन् । 

अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको उनले बताए । 

अस्तिमात्र केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको र यो निकै प्रारम्भिक प्रक्षेपण मात्र भएको भन्दै कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित देखिएको पनि उनले जनाएका छन् ।

यसबाट बच्न विश्वका विभिन्न मुलुकहरूले आफ्नो मुलुकमा बन्दाबन्दीको घोषणा गरेका र जसका कारण आज सारा संसार नै ठप्प प्रायः भएको उनले सो सन्देशमा बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने