२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास, छांगरु र तिंकरमा खाद्यन्न अभाव नहुने

२०७७, ९ असार मंगलवार ०७:२६

नरेन्द्रसिह कार्की । असार ९, दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले  यहाँको व्यास, छांगरु र तिंकर गाउँमा  खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ ।

सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँमा खाद्यन्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले सुर्खेतदेखि हेलिकप्टरमार्फत २०० क्वीन्टल खाद्यान्न ढुवानी गर्न १५ दिने बोलपत्र आह्वान गरिएको बताउनुभयो । 

दार्चुलाका व्यासीहरु कुञ्चा सरेपछि सो क्षेत्रमा खाद्यान्न अभाव हुने जनाउँदै सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा लगायतले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हालै भेटगरी  खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको बताइएको छ । 

विगतमा व्यासका स्थानीयवासीले चीनको ताक्लाकोट र भारतीय नाका हुँदै खाद्यान्न ढुवानी गर्दथे । बन्दाबन्दीका कारण नाका नाका बन्द रहेका छन् । अहिले व्यासीहरुले पुरानो मौज्दात खाद्यान्नको प्रयोग गरिरहेका व्यासका स्थानीय विमल बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादन र विगतमा बाँकी  राखिएको खाद्यान्न उपभोग गरिरहेका छौँ । ”

सरकारकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेपछि ती क्षेत्रलाई उच्च महत्वका दिएको छ  । सीमावर्ती क्षेत्रका आफ्ना नागरिकलाई खाद्यान्न समस्या हुन नदिन सरकारले अहिले महंगो मूल्यमा खाद्यान्न ढुवानी गर्न लागेको हो ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि हेलिकप्टर मार्फत नै खाद्यान्न ढुवानी भएको थियो । नेपालतिर भएर गाउँ जान बाटो नभएपछि स्थानीयहरु व्यास कुञ्चा भारतीय बाटो हुँदै गएका थिए । बाटो नहुँदा खाद्यान्न ढुवानी गर्न नपाएका सर्वसाधारणको लागि  हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने भएपछि स्थानीय समेत खुसी छन् ।

व्यासको छांगरु र तिंकरमा वर्षमा एक पटक मात्रै खेती हुने गरेको छ । सो क्षेत्रमा आलु, फापर, उवा, कोदो जस्ता अन्नबाली फल्ने गर्छ । व्यासको छांगरुमा ११५  तथा तिंकरमा ६५ घरधूरीको बसोबास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो