Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार सोमबारदेखि खुल्दै

२०७७, १४ असार आईतवार १४:०८

असार १४, काठमाडौँ । धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । 

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ । 

लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डको भनाइ छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोवार गर्नुपर्नेछ । 

यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ ।

यस्तै अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन् । लगानीकर्ताले हालसम्म गरिएका व्यवस्थाबमोजिम नै घरैबाट कारोवार गर्नसक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ । 

लकडाउनकैबीचमा केही समय पहिले बजार सञ्चालनमा ल्याएको भए पनि पुनःबन्द गरिएको थियो । बजारलाई नियमितरुपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ आज दोस्रो बजार सञ्चालनमा ल्याउने निर्णय गरिएको बोर्डले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै