Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसिया, युएई, कतार र साउदी अरवमा रहेका नेपालीलाई सहयोग गर्न ५ करोड

२०७७, २० असार शनिबार १३:५१

असार २०, काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड–१९ सँग लड्नका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई चार लाख २४ हजार ३१० डलर (करीब रु पाँच करोड १० लाख) अनुदान दिने भएको छ । आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ । 

एनआरएनको अध्यक्ष कुमार पन्तले लामो समयको प्रयासपछि उक्त सम्झौता भएको भन्दै गैरआवसीय नेपाली उत्साहित र हर्षित रहेको बताउनुभयो । “सङ्घको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारी बोधका रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो ।

आइएलओले विशेषगरी कोभिड–१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ उक्त आर्थिक सहयोग गरेको हो । कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा उक्त रकम खर्चिने अध्यक्ष पन्तले जानकारी दिनुभयो । 

सङ्घले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारीसमेत गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानूनी परार्मश दिने पनि सङ्घको तयारी छ । आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागिसमेत खर्च गरिने सङ्घले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै