२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असारमा पनि नदी दोहन रोकिएन

२१ असार २०७७, आईतवार ०४:३६

असार २१, सर्लाही। जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्ती नै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि ती नदीजन्य पदार्थ गाउँगाउँमा खुलेका क्रसरमा तथा सोझै भारत जाने गरेको स्थानीयवासीले बताएका छन् । लालबन्दी नगरपालिका–६, १५, १६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा भण्डारणहरुमा सङ्कलन हुने तथा बाहिर निर्यात हुने गरेको पाइएको हो ।

“नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने टिपर तथा ट्र्याक्टरका कारण पूर्वपश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर स्थानीयवासीलाई आवतजावत गर्नसमेत समस्या भएको छ”, स्थानीय युवा रमेश अधिकारीले भन्नुभयो । नदीजन्य पदार्थ बोक्ने टिपर तथा ट्र्याक्टरका कारण लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न सडक भत्केर हिँड्नै नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो । खोला अनुगमन नहँुदा जिल्ला समन्वय समिति र स्थानीय तहको मिलेमतोमा जिल्लाका खोला दोहनले तीव्रता पाएको छ ।

खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढङ्गले उत्खनन हँुदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको लालबन्दी नगरपालिका–१७ का युवा लक्ष्यमण खड्काले बताउनुभयो । लालबन्दी नगरपालिकाको कालीन्जोर, फुलजोर, लखन्देही खोलामा वातावरणीय प्रभाव मूल्याङ्कनविपरीत जथाभावी असारमा पनि खोला दोहन तथा उत्खनन हुँदासमेत सम्बन्धित निकायले वास्ता नगरेको उहाँको भनाइ थियो ।

लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा पर्ने लखनदेही नदीमा जेसिबी लगाएर ट्र्याक्टरको प्रयोग गरेर नदीजन्य पदार्थ वडाध्यक्ष र नगरप्रमुखको मिलेमतोमा निकासी भएको स्थानीय युवाहरुले बताएका छन् । गाउँमा विकास गर्ने बहानामा असारमा पनि खोलामा जेसिबी प्रयोग गरिँदासमेत अन्य सरोकारवाला निकाय मौन बसेको उनीहरुको आरोप छ । नगरप्रमुख गणेश प्रसाईँ र हरिवन नगरपालिका–२ का वडाध्यक्ष अर्जुन महतोले पनि केही दिन खोलामा जेसिबी चलाउन दिन विभिन्न स्थानमा फोन गरेको उनीहरुको भनाइ छ ।

 जिल्लाका साना तथा ठूला नदीहरुमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी नगर्न नगराउन पत्राचार गरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनुभयो । केही स्थानीय निकायका जनप्रतिनिधिहरुको मिलेमतोमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी भए गरेको पाइएमा आवश्यक कारवाही गर्ने उहाको भनाइ थियो । हरिवन नगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ दोहन भएको पाइएकाले नगरप्रमुख प्रसाईँसँग सो विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजश्व सङ्कलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकेदारको मनोबल बढ्दै गएको हो । ठेकदारहरुले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण लालबन्दी, ईश्वरपुर र वाग्मती  नगरपालिकासँग पनि छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य